default_image

8 years ago

April 5, 2018

आर्मी विराट गोल्डकपको सेमिफाइनल

112 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेर गरेको छ । साविक विजेता अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । भोली हुने सेमिफाइनलमा आर्मीले रमपम झापाको सामना गर्नेछ ।

बुधबारको दिवा रात्री खेलको निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि विभागिय डर्बीको नतिजा टाइब्रेकरमा निस्केको थियो । आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रहयो । उनले पेनाल्टी सुटआउटमा एउटा प्रहार रोके । आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे ।

पुलिसका सुमन लामा र दिनेश राजवंशी गोल गर्न सफल भए । निरकुमार राई र मानबहादुर परियारको प्रयास सफल भएन । निरकुमारको प्रहारलाई विकेशले रोकेका थिए । सिजनको तेस्रो भेटमा पनि पुलिसले आर्मीलाई हराउन सकेन । यस अघि तेस्रो झापा गाोल्डकपमा क्वाटरफाइनल र हेटौंडामा सुमन बम्जन स्मृति गोल्डकपमा फाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

खेलअवभिर पुलिसले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ फितलो हुँदा र अन्तिममा तालमेल गुमाउँदाको फाइदा आर्मीलाई पुग्यो । पुलिसले गोल गर्नका झन्डै आधा दर्जन अवसर पाएको थियो । आर्मीले पनि केहि राम्रा अवसर खेर फाल्यो । खेल टाईब्रेरकमा जाने निश्चित भएपछि अन्तिम समयमा पुलिसले गोलकिपर परिवर्तन गरेको थियो । सत्रुघन चौधरीको ठाउँमा रोशन खड्का मैदान प्रवेश गरेका थिए । घरेलु मैदान आर्मीका कप्तान भरतको प्रदर्शन सन्तोष जनक रहेन ।

टोलीका अर्का स्ट्राइकर नवयुग श्रेष्ठको प्रदर्शन पनि खासै उल्लेख रहेन । नवयुगलाई चोट लागेपछि उनको ठाँउमा ५३ औं मिनेटमा विवेक बस्नेत मैदान प्रवेश गरेका थिए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले आशा गरिए अनुरुपको नतिजा प्राप्त हुन नसकेको बताए । उनले पहिलो हाफमा धेरै खेलाडी परिवर्तन गर्नु पर्दा पुलिसको दबाव झेल्नु परेको बताए ।

‘रक्षा पंक्ती र पोष्ट एट्याकलाई मात्रै ध्यान दिएर खेलाडी मैदानमा उत्रिएको बताउँदै न्यौपानेले भने, ‘सुरुमै राम्रा खेलाडी घाइते हुँदा गोल गर्न सकिएन ।’पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि नजिता निकाल्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले अन्तिम समय सम्म संघर्ष गरे पनि फिनिसिङमा समस्या आउँदा विपक्षीलाई नतिजा सुम्पनु परेको बताए । म्यान अफ दी म्याच पुलिसका रवि पासवानले १० हजार रुपैयाँ प्राप्त गरे ।

विराट गोल्डकपमा बिहीबारको खेल
मनाङविरुद्ध थ्री स्टार

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.