8 years ago
April 6, 2018
अमृत चिमरिया
हेटौंडा – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रभावित पार्ने जिल्ला मध्येको एक मकवानपुर जिल्ला फुटबल संघमा शुक्रबार सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष टिका लामासहित १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो ।
मकवानपुरको प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा अजय मानन्धर, तृतिय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भए । त्यस्तै युनाल मल्ल, अमृत लुङ्वा, सञ्जयकुमार महर्जन, राजेन्द्रकुमार श्रेष्ठ, अतुल बर्मा, विमल श्रेष्ठ, मनीष श्रेष्ठ, छवि सुवेदी र शुसिला अर्याल सदस्य चयन भएका छन् । एन्फाले मान्यता नदिएको निर्वाचनमा पनि लामासहितकै अधिकांश पदाधिकारी चुनिएका थिए ।
यसअघि माघ ५ गते भएको निर्वाचनलाई एन्फाले मान्यता नदिएपछि आज पुनः निर्वाचन भएको हो । तत्कालिन उपाध्यक्ष मनीष श्रेष्ठले आफ्नो अधिकार हनन भएको एन्फा साधारण सभामा भाग लिन पाउनुपर्ने भन्दै चैत ७ गते रिट दायर गरेपछि पाटन उच्च अदालतले एन्फा निर्वाचनको आदेश जारी गरेको थियो ।
त्यसैका आधारमा चैत १४ गतेका लागि तय भएको एन्फा साधारण सभा स्थगित भएको थियो । त्यहिबीचमा एन्फाले मकवापुरको निर्वाचन आजका लागि तोकेको थियो । आजको अधिवेशमा एन्फाले आफ्ना सहायक महासचिव सञ्जिव मिश्रलाई प्रतिनिधि तोकेको थियो ।
मिश्रकै रोहवरमा आज निर्वाचन सम्पन्न भएको छ । एन्फा प्रवक्ता समेत रहेका मिश्रले भने ‘ निर्वाचन सर्वसम्मत र विवादरहित ढंगले सम्पन्न भएको छ । रिट दायरकर्ता श्रेष्ठ पनि जिल्ला कार्यसमितिको सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
माघ ५ गते एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर प्रनिनिधिका रुपमा मकवापुर पुगेका थिए । विवादपछि उनी वन्द सत्रमा बसेनन् । त्यसका वावजुद गरिएको निर्वाचनलाई एन्फाले मान्यता दिएको थिएन । विवादित अर्को जिल्ला भक्तपुर जिल्लाको पनि चैत २७ का लागि एन्फाले निर्वाचन मिति तय गरेको छ । २ जिल्लाको विवाद समाधान भएपनि एन्फाको निर्वाचनको नयाँ मिति भने आएको छैन । जसका कारण फुटबलमा अन्यौलता कायम नै रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]