default_image

8 years ago

April 7, 2018

पिएसएमएस विरुद्ध रोहितको गोल

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियन लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ता पिएसएमएस विरुद्ध ३-१ ले पराजित भएको छ । सो हारमा पर्सिजाका लागि रोहितले एक गोल गरेका थिए ।

खेलमा पर्सिजालाई २३ औं मिनेटमा रोहितले नै अग्रता दिलाएका थिए । तर मार्को सिमिचको आत्मघाती गोलमा घरेलु टोलीले खेल बराबरी पारेको थियो । पहिलो हाफको अन्त्यमा रेनाल्डो लोबोले पिएसएमएसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सुहान्डिले गोल गर्दै पिएसएमएसको जित तथा पुरा ३ अंक सुनिश्चित गरेका थिए । खेल सुरुवात गरेका रोहितलाई ७५ औं मिनेटमा परिवर्तन गरिएको थियो ।

नयाँ सिजनमा पर्सिजाको यो पहिलो हार हो । यस अघिका खेलमा पर्सिजाले १ मा जित तथा १ खेल बराबरी खेलेको थियो । यसअघि दुई खेल हारेको पिएसएमएसको यो जित सिजनको पहिलो हो । अहिले पर्सिजा तालिकाको आठौं स्थानमा रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.