default_image

8 years ago

April 9, 2018

विराट गोल्डकप फुटबल – फ्लडलाइटका कारण दर्शकको आकर्षण

123 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– प्रतिक्षित विराट गोल्डकप दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगितामा दर्शकको उपस्थिती र आकर्षण बढेको छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । गोल्डकप आयोजना गरिए पनि दर्शक उपस्थिती न्यून रहने विगतको अनुभव थियो ।

यस पटक फ्लडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियोगिताको आयोजना गरिएपछि दर्शकले विराटनगर स्थित सहिद रंगशालाको प्यारापिट दैनिक रुपमा भरिए । प्रतियोगिताको सुरुवातदेखि नै दर्शकको बाक्लो उपस्थितीले आयोजकलाई हौसाएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजाल मोफसलमै पहिलो पटक रात्रिकालीन समयमा फ्लडलाइट म्याच खेलाउँदा दर्शकबाट साथ पाइएको बताउँछन् ।

‘यस पटक नयाँ ढंगबाट गोल्डकप आयोजना गर्दा दर्शकको उपस्थिती उल्लेख्य रहयो,’ उनले भने, ‘विगतमा दिउँसो खेल खेलाउँदा दर्शकनै हुँदैन थिए ।’ उनका अनुसार चैत १७ गतेदेखि जारी प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर ४५ हजार वाटको फ्लडलाइट जाडन गरिएको छ । गोल्डकपको फाइनल प्रतिष्पर्धा सोमबार हुँदै छ ।

आगामी दिनमा लाइटलाई थप सुधार गर्दै लैजाने योजना रहेको आयोजकले जनाएको छ । ‘नयाँ ढंगले यस वर्ष प्रतियोगिता आयोजना गर्दाको कमिकमजोरीलाई अर्को पटक सुधार गरेर लगिने छ,’ अध्यक्ष रिजालले भने, ‘मोफसलमा पहिलो पटक फ्लडलाइट म्याच खेलाइए पनि प्रतियोगितालाई व्यवस्थित गर्ने आयोजकको योजना धेरै हद सम्म सफल भएको पाइयो ।’ उनले दर्शकको साथले आयोजकलाई हौसला प्रदान गरेको बताउँदै भने, ‘दर्शकको फुटबल क्रेज धेरै देखियो । आगामी वर्ष थप नयाँ योजनाका साथमा गोल्डकप आयोजना गरिने छ ।’

आयोजकले खेल अवधिभर टिकट विक्रीबाट ३० लाख रुपैयाँ संकलनको लक्ष्य लिएको थियो । तर सेमिफाइनल खेल सकिएर फाइनल प्रतिष्पर्धा बाँकी रहँदै त्यो लक्ष्य पूरा भएको छ । दैनिक टिकट विक्रीबाट ३ देखि ५ लाख रुपैयाँ सम्म संकलन हुँदै आएको आयोजकले जनाएको छ । विराटनगरको सहिद रंगशालामा सात हजार दर्शक अट्ने प्यारापिट छ । रिजालका अनुसार विगतमा सुरुवातमा दर्शक नहुने भए पनि फाइनल प्रतिष्पर्धामा भने दर्शकले प्यारापिट खचाखच भरिने गरेका थिए ।

यस वर्ष पनि फाइनलमा दर्शक उपस्थिती विगत भन्दा बढी हुने अपेक्षा आयोजकले गरेको छ । प्रतिष्पर्धा दैनिक साँझ ६ बजेपछि हुँदै आएको छ । साँझको समय भएकाले पनि दर्शक उपस्थिती बाक्लो भएको आयोजकको भनाइ छ । दिवाकालीन रुपमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगत सम्झदै रिजालले ठूलो धनराशि खर्च गर्दै दर्शक आकर्षित गर्न रात्रिकालीन समयमा प्रतियोगिता आयोजना गरिएको जनाए ।

‘विद्यार्थी, कर्मचारी, व्यवसायी, लगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस् भनेर डे–नाइट खेल आयोजनाको गरिएको हो,’ रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उद्देश्य छ ।’

मुलुकको प्रतिष्ठा एवं विराटनगरको इतिहास र गौरवसंग जोडिएको गोल्डकपलाई निरन्तरता दिने क्रममा दर्शक उपस्थिती राम्रो रहँदा रहँदै पनि पासको वितरणलाई व्यवस्थित भने गर्न नसकिएको रिजालले बताए । उनले भने, ‘पास वितरण गर्नु पर्ने कतिपय बाध्यात्मक स्थितीमा आयोजक कमिटी चुकेको छ ।’ फाइनल खेलका लागि भने आयोजकले टिकटको मूल्य ३ सय र ४ सय रुपैयाँ तोकेको छ । प्रतियोगितामा आयोजकले दैनिक टिकटका अलवा १ हजार ५ सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरेको थियो ।

floodlight Biratnagar

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.