default_image

8 years ago

April 10, 2018

अनन्त विराट गोल्ड कपको सर्वोत्कृष्ट खेलाडी, विमल सर्वाधिक गोलकर्ता

86 views

0 Bookmark

विराटनगर (एजेन्सी) – विराट गोल्ड कपको उपाधि जितेको रुस्लान थ्री स्टार क्लबका डिफेन्डर अनन्त तमाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिएका छन्। उनले मोटरसाइकल प्राप्त गरे। 

रुस्लान थ्री स्टारले फाइनलमा नेपाल आर्मीलाई ३-० ले हराउँदै उपाधि जितेको हो। थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

यसअघि इटहरी गोल्ड कपमा पनि राम्रो प्रवाभ पारेका अनन्त उक्त प्रतियोगिताको पनि सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उक्त प्रतियोगितामा भने थ्री स्टारले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको थियो।

उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए ।उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिड फिल्डर थ्रीस्टारकै सुनिल बल, फरवार्ड आर्मीका भरत खवास, रक्षक आर्मीका विमल पाण्डे घोषित भए । उनीहरुले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता विमल घर्तीमगर (४ गोल) ले पनि २५ हजार पाए ।

विजयी टिम तथा उत्कृष्ट खेलाडी, टिम, प्रशिक्षक र व्यवस्थापकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार लगायतले पुरस्कार वितरण गरे ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.