8 years ago
April 11, 2018
जकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले मलेसियन सुपर लिग विजेता जोहोर दाहुल ताजिमलाई ४-० ले पराजित गरेको छ। रोहितले निर्धारित ९० मिनेट खेलेका थिए।
मंगलबार भएको खेलमा पर्सिजाको जितमा क्रोएसियाका फर्वार्ड मारको सिमिकले सबै ४ गोल गरे। खेलको ८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका सिमिकले १२ औं, १९ औं र ८७ औं मिनेटमा गोल गरेका थिए। भ्रमणकारी टोलीका अडाम नोर अज्लिनले ७८ औं मिनेटमा दोहोरो पहेलो कार्डको सामना गरेपछि ताजिम १० खेलाडीमा सिमित भएको थियो।
यसअघि समूह चरणको खेलमा ताजिमले आफ्नो घरेलु मैदानमा पर्सिजालाई ३-० ले पराजित गरेको थियो। पर्सिजा ५ खेलमा ३ जित र १ बराबरीसँगै १० अंकको साथमा समूह ‘एच’ को शिर्षस्थानमा छ। दोस्रो स्थानमा भियतनामको एसएलएनएको पनि १० अंक छ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]