8 years ago
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनबाट प्रेरित पुलिस क्लब माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टाको फाइनलमा पुगेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको गोलले टिम फेनाकालाई बिहीबार ५–२ ले हराउँदै पुलिस क्लब अन्तिम दुईमा पुगेको हो ।
सावित्राले ह्याट्रिक र अनिताले २ गोल गरेपछि पुलिसको जित पक्का भएको थियो । अब सोमबार हुने फाइनलमा पुलिस क्लबले एमपिएलको सामना गर्नेछ । सोही दिन एमपिएलले कस्टमआरसीलाई १०–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
पुलिसका लागि अनिताले पहिलो र अन्तिम गोल गरेकी थिइन् भने सावित्राले त्यसबीचमा ह्याट्रिक पुरा गरेकी थिइन् । अनिताले पहिलो गोल २८ औं र व्यत्तिगत दोस्रो गोल ६० औं मिनेटमा गरिन् । सावित्राले ३ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । ४७ औं मिनेटमा २ गोल गरेकी सावित्राले ५० औं मिनेटमा अर्को गोल थरेकी थिइन् ।
यसअघि कस्टम आरसीलाई ९–१ ले हराउँदा सावित्रा र अनिता दुवैले ह्याट्रिक गरेका थिए । त्यो खेलमा सावित्राले ५ र अनिताले ४ गोल गरेकी थिइन् । सावित्राले यो सिजन टोलीका लागि खेलेका सबै ५ खेलमा गोल गरेकी छिन् । प्रतियोगितामा सावित्राको १९ र अनिताको ८ गोल पुगेको छ ।
माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]