8 years ago
April 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडी आबद्ध पुलिस क्लब माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टाको फाइनलमा पराजित भएको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित पुलिस मंगलबार फाइनलमा एमपिएलसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको छ । १–१ को बराबरी पछि टाइब्रेकरमा पुलिस चुकेको थियो ।
निर्धारित समयमा अनिताले पुलिसका लागि बराबरी गोल गरेकी थिइन् । अमिनाथ सामिलाले सातौं मिनेटमा एमपिएलका लागि गोल गरेकी थिइन् भने अनिताले २० औं मिनेटमा बराबरी गोल गरेकी थिइन् । सावित्रा र अनिताको उच्च प्रदर्शनबाट प्रेरित पुलिसले फाइनल सम्मको यात्रा तय गरेको थियो । सावित्राले फाइनल अघिका सबै खेलमा गोल गरेकी थिइन् । एक महिना चलेको फुटसलमा सावित्राले टोलीका लागि सावित्राले १९ र अनिताले ९ गोल गरिन् ।
माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]