8 years ago
April 20, 2018
सेमाराङ (एजेन्सी) – इन्डोनेसियन लिगा वोनमा पेर्सिजा जाकार्ताले पिएसआईएस सेमाराङलाई ४-१ ले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सेमाराङको घरेलु मैदानमा भएको खेलमा रोहित चन्दले पुरै ९० मिनेट खेले।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। पर्सिजाले जेमर्सनको ६९ औं मिनेटको गोलमा अग्रता लियो। जेमर्सनले ७३ औं मिनेटमा पुनः गोल गर्दै भ्रमणकारी पर्सिजाको अग्रता दोब्बर गरे। खेलको ८३ औं मिनेटमा २६ वर्षीय इन्डोनेसियन मिडफिल्डर रिको सिमानजुन्ताकले पर्सिजालाई तेस्रो गोल दिलाए। त्यस्तै पर्सिजाका भरपर्दा स्ट्राइकर मार्को सिमिकले इन्जुरी समयमा गोल गर्दै पर्सिजालाई ४-० को अग्रता दिलाए। घरेलु टोलीका अब्दु लेस्तालुहूले इन्जुरी समयमा सान्त्वना गोल गरे।
यो जितसँगै पर्सिजा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। ५ खेलमा १० अंक सहित पर्सिजा शिर्ष स्थानमा छ भने दोस्रो स्थानको पर्सिपुरा जयपुराको ४ खेलमा ८ अंक छ। सेमाराङ भने ५ खेलमा ५ अंक सहित १४ औं स्थानमा छ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]