default_image

8 years ago

April 24, 2018

झापाको जर्सी किरणलाई फापेन

783 views

0 Bookmark

इलाम (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले मंगलबार झापा ११ फुटबल क्लबबाट खेले ।

kiran chemjong

राष्ट्रिय टोलीको प्रशिक्षण दौरान गोल किपर किरण। फाइल तस्बिर

इलाममा जारी माई भ्याली गोल्डकपमा झापा एपीएफसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। भारतबाट दुई साताअघि नेपाल फर्केका किरण अहिले कुनै क्लबसँग आबद्ध छैनन् । उनले मिनेर्भा पन्जाबसँग अप्रिलको अन्तिमसम्म सम्झौता गरेका थिए।

पछिल्लोपटक मिनेर्भाबाट आईलिगको उपाधि जितेपछि केहि समय नेपाल आएको बेलामा पनि किरणले झापाबाट एक खेल खेलेका थिए। त्यसबेला पनि उनी सम्मिलित झापा आर्मीसँग पराजित भएको थियो । काठमाडौंबाट उडान ढिलो भएका कारण ढिलो मैदान पुगेका किरण त्यसबेला दोस्रो हाफ खेलेका थिए । पहिलो हाफ गोलरहित रहेको खेलमा आर्मी १-०ले विजयी रहेको थियो ।

लगातार दोस्रो खेलमा किरणले झापालाई जित दिलाउन नसक्दा क्लबनै किरणलाई नफापेको भन्ने प्रतिक्रिया समर्थकहरुले सामाजिक संजालमा दिएको देखिन्छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.