8 years ago
May 3, 2018
दिपक बोहोरा
यासोक/ पाँचथर– आयोजक रानी गुफा सेवा समाज यासोकले कुम्याक कुस्सायक गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । रानी गुफाले बिहीबार भएको खेलमा भारतको जलपाइगुडी फुटबल क्लबलाई १–० ले हराएको छ ।
आयोजकका लागि हेमन्त दर्लानले गरेको गोलनै जितका लागि पर्याप्त रह्यो । उनले १५ औं मिनेटमा गोल गरेका थिए । हेमन्तको प्रहारलाई विपक्षी गोलकिपरले क्लियर गर्न नसकेपछि रिबाउन्ड प्राप्त बलमा उनले गोल गरेका थिए । म्यान अफ दी म्याच घोषित हेमन्तले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
बैशाख २६ गते सम्म चल्ने प्रतियोगितामा झापा , मोरङ ,रेडहर्स इलाम लगायतका ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित ३ लाख ११ हजार र दोस्रो हुने टोलीले १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
शुक्रबारको खेल
एकता फुटबल क्लब मोरङविरुद्ध पंचायन फुटबल क्लब सुनसरी
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]