default_image

8 years ago

May 4, 2018

निर्वाचनमा भाग नलिने एन्फा अध्यक्ष उम्मेदवार कुँवरको घोषणा

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षका उम्मेदवार मणी कुँवरले शनिबार हुने निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । शनिबारका लागि तय निर्वाचन एन्फाको विधि विधान विपरित भएका कारण नैतिकका आधारमा आफुले त्यसमा भाग नलिने शुक्रबार पत्रकार सम्मेलन गर्दै कुँवरले यस्तो घोषणा गरेका हुन् ।

उनीसँग उपाध्यक्षका उम्मेदवार गणेश चन्दले पनि आफुले निर्वाचन रोक्नका लागि काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेको र मुद्दाको अन्तिम किनारा लागि नसकेकाले नैतिकका आधारमा निर्वाचनमा भाग नलिने बताए । कुँवरकै पक्षमा उपाध्यक्ष र सदस्यका उम्मेदवारले भने निर्वाचनमा भाग लिने भएका छन् ।

‘ यो मेरो व्यक्तिगत निर्णय पनि हो । म र हामी केहि साथीहरुले भोलीको निर्वाचनमा भाग नलिने निर्णय गरेका छौं । एन्फाको विधान मस्यौदा समितिको संयोजक भएको नाताले पनि विधान मिचेर गरिने निर्वाचनमा भाग लिदैनौं ,’ अध्यक्षका प्रत्यासी कुँवरले भने,‘केहि साथीहरुले भने भाग लिनुहुनेछ ।’

निर्वाचन परिणाम आफ्नो पक्षमा आएपनि त्यसलाई नमान्ने कुँवरले प्रष्ट पारे । ‘चुनावको हार वा जितबाट डराएर भाग नलिने भनेका हौइनौं,’ उनले भने,‘ हामीले सुरुवातबाटै विधानको कुरा उठाएका थियौं । चैत १४ का लागि तय भएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएपनि नयाँ प्रक्रिया सुरु हुनुपर्दछ भन्ने हाम्रो माग हो । ’

उपाध्यक्ष चन्दसहितले राष्ट्रिय खेलकुद परिषद, एन्फा र एन्फा निर्वाचन समितिविरुद्ध रिट दायर गर्दै निर्वाचन रोक्न अन्तिरिम आदेशको मागसहित बुधबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । अदालतले विपक्षीलाई १५ दिन भित्र जवाफ पेश गर्न भने पनि एन्फा निर्वाचन रोक्न नपर्ने आदेश गरेपनि शनिबारका लागि तय निर्वाचन हुन लागेको हो ।

कुँवरले जवजस्ती गरिने निर्वाचनले फुटबल विवादको निकास दिने भन्दा पनि द्वन्द्व झन् बढ्ने उल्लेख गर्दै भने,‘ विधि र विधान मिचेरै व्यक्तिगत स्वार्थ पूर्ति गर्न जुन सपना देख्नु भएको छ त्यसलाई हामी पुरा हुन दिने छैनौं ।’ उनले अदालतको आदेश पालन गर्नु सबैको कर्तव्य भएपनि काठमाडौं जिल्ला आलतले गरेको आदेश प्रति आफ्नो सम्पूर्ण रुपमा असहमति रहेको बताएका थिए ।

एन्फाले भने निर्वाचनको सबै तयारी पुरा भएको जनाएको छ । २ सय बढीको सहभागितामा शनिबार ललितपुरमा हुने साधारण सभामा ७७ मताधिकार प्राप्त प्रतिनिधिले १७ मध्ये १६ जनाको चयन गर्नेछ । जसमा १ अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्य छन् । १ महिला सदस्य भने यसअघि निर्वारोध भइसकेका छन् । कुँवर र कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.