8 years ago
May 5, 2018
दमक (हाम्रो खेलकुद) – आयोजक दमक ११ लाई पराजित गर्दै नेपाल आर्मी क्लब दमकमा जारी दमक गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वाटरफाइनलमा आर्मीले ६-० को फराकिलो जित हात पार्यो।
आर्मीका लागि ह्याट्रिक प्रहार गरेका नवयुग श्रेष्ठले कुल ह्याट्रिक प्रहार गरे भने कप्तान भारत खवास र विमल पाण्डेले पनि गोल गरे। नवयुग खेलको ‘म्यान अफ दी म्याच’ चुनिए।
दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीलाई नवयुगले छैटौं मिनेटमा अग्रता दिलाएका थिए। आर्मीका कप्तान भरत खवासले २० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। त्यस्तै २२ औं मिनेटमा अर्को गोल गर्दै नवयुगले टोलीलाई तेस्रो गोल दिलाए।
पहिलो हाफमा तीन गोलको अग्रता लिएको आर्मीका लागि विनोद पाण्डेले ५३ औं मिनेटमा गोल गरे। जर्ज प्रिन्स कार्कीले ६८ औं मिनेटमा आर्मीलाई अर्को गोल दिलाए। एक पक्षिय खेलमा ८५ औं मिनेटमा नवयुगले गोल गर्दै ह्याट्रिक पुरा गरे।
यसअघि रुपन्देही ११ लाई हराउँदै आयोजक दमक ११ क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने आर्मीको यो प्रतियोगिताको पहिलो खेल हो। प्रतियोगिताको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।
आर्मीले मनाङ मस्र्याङ्दी क्लब र सरस्वती क्लबबीचको विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । भोलिको खेल नेपाल पुलिस क्लब र थ्री स्टार भिड्दै छ। दुवै टोलीको प्रतियोगिताको पहिलो खेल हो।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]