default_image

8 years ago

May 5, 2018

एन्फा नयाँ कार्यसमितिलाई पूर्व अध्यक्ष थापाको बधाई

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । शनिबार भएको एन्फा निर्वाचनले कर्मा छिरिङ शेर्पा नेतृत्वको पुरै प्यानेललाई निर्वाचित गरेको केहि घन्टामा थापाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

Ganesh thapa


एन्फा पूर्व अध्यक्ष गणेश थापा ।

भ्रष्टाचारको अभियोगमा दुई वर्षअघि फिफाले १० वर्षको प्रतिबन्ध लागेपछि फुटबलका सबै निकायबाट पद च्युत भएका थापाले फेसबुकमार्फत भनेका छन्,’एन्फाका नवनिर्वाचित सबैलाई बधाई छ । सफल कार्यकालका लागि शुभकामना । म आशा गर्छु फुटबल विकासका लागि यसका सरोकारवाला सबै एक ठाँउमा आउनेछन् । नेपाली फुटबललाई अझै उचाईमा पुराउन फुटबल परिवारलाई मेरो सधै शुभकामना रहन्छ ।’

दुई दशकभन्दा लामो समय एन्फाको अध्यक्ष रहेका थापाका कार्यकालमा लामो समय उपाध्यक्ष रहेका शेर्पा एन्फा अध्यक्षमा निर्वाचित भएका छन् । थापाले तीन महिनाअघि नेपाल स्पोर्टस अर्गनाइजेसनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने शेर्पाले जिते एन्फा कुनै पार्टीको भातृ संगठन हुने दाबी समेत गरेका थिए ।

फिफाले प्रनिबन्ध लगाएपनि नेपाली फुटबल विग्रदा आफु टुलुटुलु हेरेर बस्न नसक्ने बताएका थापाले शेर्पालाई भोट नदिन सार्वजनिक अपिल गरेका थिए । तर, दोस्रो प्रयासमा शेर्पा अत्याधिक मतका साथ विजयी भएका छन् । ७६ मत खस्दा शेर्पाले ६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी मणी कुँवरले १२ मत प्राप्त गरेका थिए । यद्दपी कुँवरले एन्फा निर्वाचन विधान वितरित भएको भन्दा निर्वाचन वहिष्कार गरेका थिए ।

उनीसँगै उपाध्यक्षका उम्मेदवार गणेश चन्दले पनि साधारण सभा र निर्वाचनमा भाग लिएनन् । कुँवर र चन्दबाहेक त्यो प्यानलबाट उम्मेदवारी दिएका बाँकी सबैले निर्वाचनमा भाग लिएका थिए । थापामाथिको कारवाहीपछि गत वर्ष बाँकी अवधिको लागि भएको निर्वाचनमा शेर्पा निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग ५ मत अन्तरले पराजित भएका थिए । श्रेष्ठसँगै रिक्त उपाध्यक्ष पदमा कुँवर विजयी भएका थिए ।

चार वर्षे कार्यकालका लागि शेर्पा प्यानलका पंकज विक्रम नेवाङ, वीरबहादुर खड्का, कृष्णबहादुर थापा र उपेन्द्रमान सिंह उपाध्यक्षमा निर्वाचित भए । त्यस्तै दावा लामा, निरोज खड्डी, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्यक्ष,प्रदेश सिंह राठौं, दिनेश व्यञ्जनकार, दिर्घबहादुर केसी (कुमार), किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठमा विजयी भए । १७ सदस्यीय कार्यसमितिका लागि महिला सदस्य पेमा लामा यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।

एन्फा पूर्व अध्यक्ष गणेश थापाको फेसबुकबाट

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.