8 years ago
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङसँग रुस्लान थ्री स्टार क्लबको दशक लामो इतिहास जोडिएको छ । थ्री स्टारबाट नै उनको खेल जीवनले उचाई लिएको थियो । उनले थ्री स्टारबाट १० वर्ष विताउँदा घरेलु फुटबलका लिगसहित नकआउटका सबै ठूला उपाधि पनि जिते ।
थ्री स्टार पछिल्लो दुई पटक लिग च्याम्पियन बन्दा उनले पोष्ट सम्हालेका थिए । २०६९ र २०७२ को राष्ट्रिय लिग खेल्दा थ्री स्टारकै जर्सी लगाएका थिए । तीनै किरण झापाको दमक गोल्ड कपमा नेपाल पुलिस क्लबबाट आइतबार थ्री स्टारविरुद्ध खेल्दा म्यान अफ दी म्याच घोषित भए । थ्री स्टारविरुद्ध खेल्नु उनका लागि पनि नयाँ अनुभव थियो ।
२०६१ मा मछिन्द्रबाट लिगमा डेब्यू गरेको वर्ष उनले थ्री स्टारविरुद्ध खेलेका थिए । त्यसयता पहिलो पटक थ्री स्टारविरुद्ध खेल्दा उनी म्यान अफ दी म्याच बने । देश बाहिर भन्दा घरेलु फुटबलमा अर्को अनुभव हुने किरणले सुनाए ।
‘थ्री स्टार देशभित्रको सफल क्लब हो । त्यसबाट खेल्दा मैले थुप्रै सफलता प्राप्त गरेको छु,’ उनले सुनाए, ‘देश भित्र खेल्न पाउँदा निकै रमाइलो पनि लाग्ने, त्यसमाथि थ्री स्टारविरुद्ध खेल्दा बेग्लै अनुभव हुने रहेछ । धेरै पछि खेलेकोले पनि होला । दुई वर्षयता मैले यहाँको फुटबल खेलेको थिइन् ।’

पछिल्लो दुई वर्षमा किरणको खेल जीवनले नयाँ उडान भर्यो । थ्री स्टारसँगको नाता तोडेर घरेलु फुटबलको अर्को सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी पुगेका उनी त्यहाँ लामो समय रहेनन् । माल्दिभ्सको फुटबल क्लब टिसी स्पोर्टस्बाट उनले एक सिजन खेले । त्यहाँ उनको प्रदर्शन उच्च रह्यो । उनी ५ उत्कृष्ट विदेशी खेलाडी र उत्कृष्ट गोलकिपर दुवैको मनोनयमा पर्न सफल भए ।
त्यसपछि उनको नयाँ गन्तव्य इन्डियन लिग (आइलिग ) भयो । जहाँ उनी आबद्ध मिनेर्भा पन्जाबले आइ लिग जित्यो । मिनेर्भालाई लिग च्याम्पियन बनाएपछि स्वदेश फर्केका उनले केहि दिन अघि माइभ्याली गोल्डकपमा झापाको जर्सी लगाए । ‘झापाका प्रशिक्षक प्रवेश (कटुवाल) दाईलाई नाई भन्न सकिन अनिल खेले,’ किरणले भने, ‘अहिले पनि पुलिसका प्रशिक्षक अनन्त (थापा) दाईले आग्रह गर्दा नाई भन्न सकिन र खेले । यो प्रतियोगितापछि आराम गर्छु ।’
यहि बीचमा उनी नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाई अवार्डको मनोनयनमा परेका छन् । उनी गत वर्ष सो अवार्डको उत्कृष्ट पुरुष खेलाडीका विजेता हुन् । लगातार दोस्रो वर्ष अवार्डको मनोनयमा पर्न सफल भएकोमा खुसी किरणले हाम्रो खेलकुदसँग भने, लगातार दोस्रो वर्ष पल्सर स्पोर्टस अवार्डको मनोनयनमा पर्दा गर्व लागेको छ ।

उनले समर्थकहरुको आफुप्रति निकै माया रहेको उल्लेख गर्दै भने,’उहाँहरुकै मायाले मलाई यहाँ सम्म आउन मद्दत गर्यो । फुटबललाई माया गर्नेले मलाई भोट गर्नुहुन्छ भन्ने विश्वास लिएका छु । मलाई उहाँहरुको माया र साथको सधै आवश्यकता पर्छ । यसपटक पनि जिताउन मद्दत गर्नुहुन्छ भन्ने विश्वास छ ।’
किरणसँगै पिपुल्स च्वाइस अवार्डमा क्रिकेटका सन्दीप लामिछाने, गल्फकी प्रतिमा शेर्पा, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र भलिबलका मानबहादुर श्रेष्ठ छन् । मञ्चले यसपटक पिपुल्स च्वाइस अवार्डको विजेता छान्ने तरिकामा परिमार्जन गरेको छ । यसपटक सातौं राष्ट्रिय खेलकुदमा समावेश खेलका प्रशिक्षक र मञ्चका सदस्यले पनि पिपुल्स च्वाइसको मनोनयनमा परेको खेलाडीलाई भोट गर्नेछन् ।
एएमएम भोटिङ र फेसबुक लाईकलाई ५० प्रतिशत मतभार दिएको मञ्चले प्रशिक्षकको मतलाई २५ र मञ्चका सदस्यको मतलाई २५ प्रतिशत मतभार दिइने जनाएको छ । फेसबुकको ४ लाईक बराबरलाई एक एसएमएस भोट गणना गरिने बताइएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]