8 years ago
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)— युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्त्रालय र संघ एक भएर अघि बढे मात्र खेलक्षेत्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन सिंहदबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले खेलक्षेत्रको विवाद अन्त्यका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फुटबल विकासका लागि सबैसँग हातेमालो गर्न सुझाए ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले दशरथ रंगशालाको पूर्ननिर्माणको काम छिटो सक्ने मन्त्री विश्वकमा समक्ष आग्रह गरे । २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि रंगशालामा एन्फाको कुनै पनि प्रतियोगिता वा कार्यक्रम आयोजना भएको छैन । पूर्न निर्माण ढिलाईले सबैभन्दा ठूलो असर फुटबललाई नै पर्दै आएको छ । एन्फाले ए डिभिजन लिग देखि नकआउट फुटबल प्रतियोगिता रंगशालामै आयोजना गथ्र्यो ।
नव निर्वाचित कार्यसमितिले आजै बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पदभार ग्रहण गरेको थियो । शनिबार निर्वाचित कार्यसमितिको आज पहिलो बैठक बसिरेहेको छ । आजको बैठकले लिगको घोषणाका साथै महासचिव र कोषाध्यक्षको मनोनयन गर्ने सम्भावना रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]