default_image

8 years ago

May 7, 2018

एन्फाले १० दिन भित्र लिगको मिति घोषणा गर्ने, पूर्व एआईजी शर्मा संयोजक

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० दिन भित्र लिगको मितिको घोषणा गर्ने भएको छ । पूर्व खेलाडी एवंम् एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा नव निर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले सोमबार लिग कमिटी गठन गरेको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा भएको बैठकले लिग कमिटीलाई १० दिन भित्र घोषणा र लिगको ढाँचाका तय गर्ने जिम्मेवारी दिएको छ । सोमबारकै बैठकबाट प्रवक्ता नियुक्त भएका केन्द्रिय सदस्य किरण राईले लिग फुटबलका सरोकारवाला क्लबसँगको परामर्शपछि लिगको मिति तय गर्ने गरि समितिलाई जिम्मा दिएका छौं ।

यसअघि एन्फाले प्रयोगका रुपमा लिग आयोजना गर्दै आएको थियो । राउन्ड रोविन लिग, डबल लिग, सुपर सिक्स, सुपर एट हुँदै एन्फाले राष्ट्रिय लिगको प्रयोग गरेको थियो । २०७२ यता भने कुनै पनि लिग हुन सकेको छैन । गत वर्ष पटक पटक मिति पनि एन्फाले लिग गर्न सकेन । एन्फा अध्यक्षमा निर्वाचित भएलगत्तैपनि कर्मा छिरिङ शेर्पाले तत्काल लिगको घोषणा गर्ने दोहोराएका थिए ।

एन्फाको नवनिर्वाचित समितिका १५ निर्णय
शेर्पाको अध्यक्षतामा बसेको पहिलो बैठकले सिएमजी क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलाई महासचिव र रवीन्द्र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको छ । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सह कोषाध्यक्ष थिए । नेपाली कांग्रेसबाट काठमाडौंको प्रदेश सभामा उम्मेदवारी दिएपछि तुलाधारले सिइओ पदबाट राजीनामा दिएका थिए ।

प्रदेश सभामा पराजित भएपछि तुलाधरले एन्फा अध्यक्षको लागि उम्मेदवारी दिने बताएपनि पछि उनले शेर्पाको प्यानललाई सघाएका थिए । यसअघि एन्फाका मानार्थ अध्यक्ष रहेको तासी घलेले सोही पदमा निरन्तरता पाएका छन् । पूर्व उपाध्यक्ष किशोर राईले वरिष्ठ मानार्थ उपाध्यक्ष, सरस्वती क्लबका शिक्षित पराजुली मानार्थ उपाध्यक्ष एवंम् आर्थिक समिति तथा केन्द्रिय सदस्यमा निर्वाचित किरण राईले प्रवक्ताको जिम्मेवारी दिएको छ ।

सुरुवातबाट शेर्पा समूहलाई सघाएका नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय समन्वय समितिको जिम्मेवारी दिनुको साथी सल्लाकारमा मनोनित गरिएको छ । पूर्व केन्द्रिय सदस्य दीपक खातीलाई लेखापाल र अनुपालको संयोजक मनोनयन गरिएको छ । त्यस्तै सातै प्रदेशमा ग्रासरुट कार्यक्रम सञ्चालनका लागि उपाध्यक्ष उपेन्द्रमान सिंहलाई संयोजक, उपाध्यक्ष बीर बहादुर खड्कालाई जिल्ला समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतीमा सुरु गरिएको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगित जेठ २९ गतेबाट गर्ने निर्णय गरेको छ । एन्फामा आबद्ध जिल्ला संघहरुको सहभागितामा जिल्ला लिग, प्रदेश प्रतियोगिता र केन्द्रिय प्रतियोगिता हुने गरी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले भूकम्पले क्षतिग्रस्त बनाएको दरशरथ रंगशालाको पुर्ननिर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिनको लागि नेपाल सरकारलाई अुनरोध गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न एन्फा साधारण सभाबाट शेर्पा र उनको प्यानलका ४ उपाध्यक्ष र ११ सदस्य विजयी भएका थिए । सोही प्यानलकी पेमा लामा महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् । शनिबार भएको एन्फाको १६ औं कंग्रेसले शेर्पाको प्यानलले निर्वाचनमा क्लिन स्विप गरेको थियो । नयाँ कार्यसमितिले सोमबार नै पदभार ग्रहण गरेको थियो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्त्रालय बोलाएर कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.