8 years ago
May 8, 2018
दमक (हाम्रो खेलकुद) – नेपाल एपिएफलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्ड कपको फाइनलमा स्थान बनाउन सफल भएको छ। पुलिसका निर किमार राईले पहिलो हाफमा दिलाएको गोल खेलको निर्णायक सावित भयो।
क्वाटरफाइनलमा रुस्लान थ्रीस्टारलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको पुलिसले विभागीय डर्भीमा १-० ले एपिएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर कुमार राईले खेलको ३७ औं मिनेटमा दिलाएको गोललाई पुलिसले अन्तिम समयसम्म जोगाएको थियो। खेलको एकमात्र गोलकर्ता निर कुमार राई ‘म्यान अफ दी म्याच’ भए। उनले नागाज रु ११ हजार प्राप्त गरे।
पुलिसले फाइनलमा भोलीको दोस्रो सेमिफाइनलमा मनाङ र आर्मीबीचको विजेतासँग भिड्नेछ। प्रतियोगिताको विजेताले १३ लाख ११ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख ५० हजार प्राप्त गर्नेछ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]