8 years ago
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित इन्डोनेसियाको पेर्सिजा जाकार्ताए एफसी कप एसियन जोनल सेमिफाइनलको पहिलो लेगमा सिंगापुरको क्लब होम युनाईटेडसँग ३–२ ले पराजित भएको छ । होम र अवेका आधारमा हुने सेमिफाइनलमा पर्सिजा महत्वपूर्ण २ अवे गोल गर्न सफल भएको छ । रोहितले पुरा समय खेलेका थिए ।
घरेलु मैदानमा युनाईटेडले ममान अब्दुरहमानको आत्मघाती गोलमा दोस्रो मिनेटमै अग्रता लिएको थियो । नवौं मिनेटमा सन उइ(यंगले घरेलु टोलीको अग्रता दोब्बर गरे । ३२ औं मिनेटमा कर्नरमार्फत हेड गर्दै गोल गरेका राम्डानी लेस्तालुहूले ४९ औं मिनेटमा पुनः अर्को गोल गर्दै पेर्सिजाका खेलमा फर्काएको थिए ।
खेलको ७९ औं मिनेटमा हाफिज नोरको प्रहारमा पेर्सिजाका गोलकिपरको फितलो प्रदर्शनसँगै घरेलु टोलीले ३–२ ले जित हासिल गरेको थियो । यी दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा पर्सिजाको मैदानमा हुनेछ ।
जोनल फाइनलको विजेताले एएफसी कपमा प्रवेश पाउनेछ । पर्सिजाले आसियान जोनको फाइनल जितेमा अन्य जोनलका विजेताहरुसँग एएफसी कपको उपाधिका लागि भिड्नेछ । समूह ुएचु को विजेता बन्दै पर्सिजाले सेमिफाइनलमा स्थान बनाएको थियो ।
खेलअघिको प्रि म्याच कन्फरेन्समा पर्सिजाकातर्फबाट प्रशिक्षकसँगै रोहित पनि उपस्थित थिए।
हाइलाइट्स
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]