default_image

8 years ago

May 10, 2018

माजिकले च्याम्पियन्स लिगको फाइनल खेलाउने

151 views

0 Bookmark

किभ (एजेन्सी)– युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनल सर्बियन रेफ्री मिलोरड माजिकले खेलाउने पक्का भएको छ । यो सिजनको फाइनल खेल युक्रेनको किभमा २६ मे मा हुँदैछ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको रेफ्री कमिटिले सोमबार च्याम्पियन्स लिगको फाइनलका लागि ४५ वर्षीय माजिकलाई म्याच रेफ्रीको रुपमा घोषणा गरेको हो । यसपटक च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस जाइन्ट रियल म्याड्रिड र इङ्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुदैछ ।

सेमिफाइनलमा रियलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ४–३ ले तथा लिभरपुलले इटालियन क्लब एस रोमालाई ७–६ ले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए । अन्तर्राष्ट्रिय रेफ्री माजिकले यो सिजन च्याम्पियनस लिग चरणका चार र युरोपा लिगको समूह चरणको दुई खेल खेलाएको थिए ।

माजिकले सन् २०१७ को फिफा कन्फेडेरेसन कपको फाइनल र सन् २०१६ को युएफा सुपर लिगको फाइनल खेल खेलाएका थिए । कन्फेडेरेसनको फाइनलमा जर्मनी र चिलीले प्रतिस्पर्धा गरेका थिए । माजिकको सहायकको रुपमा डच रेफ्री बिज्रन कुइपर्स रहेनेछन् ।

दुई वर्षअघि लिभरपुल र म्यानचेष्टर युनाइटेडबीच भएको युरोपा लिगको प्रि–क्वार्टर फाइनलको दोस्रो लेग खेलाउदा माजिक निकै विवादित बनेका थिए । ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडलाई विवादित पेनाल्टी दिएका थिए ।

लिभरपुलका फिलिपे कौटिन्होले बराबरी गोल फर्काएपनि समग्रमा ३–१ ले लिभरपुल पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । फाइनलमा माजिकको सहायकमा मिलोभान रिस्टिक, डालिबो डीजुर्डिभिक र फोर्थ अफिसियलमा क्लिमेन्ट ट्रुपिन रहनेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.