8 years ago
May 9, 2018
दमक(हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्द क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै मनाङ अन्तिम २ मा प्रवेश गरेको हो ।
मनाङले शुक्रबार हुने फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस उपाधि नजिक पुगेको थियो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा गत वर्षको सर्वाधिक सफल टोली पराजित भएको थियो । गत बर्ष ७ वटा नकआउट फुटबलको उपाधि जितेको आर्मीले खेलमा लिएको अग्रता जोगाउन सकेन ।
टंक बस्नेतले ३० औं मिनेटमा गोल गर्दै आर्मीलाई अघि बढाएका थिए । तर, मनाङले दोस्रो हाफको सुरुवातमै गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएको थियो । मनाङका लागि दीपक राईले ४७ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच चुनिएका मनाङका गोलकिपर विशाल श्रेष्ठले ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता टोलीले १३ लाख ११ हजार र दोस्रो हुने टोलीले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]