दिपक बोहोरा
यासोक पाँचथर– चर्च ब्वाइज काठमाडौंले कुम्मायक कुसायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भूवन बस्नेतको निर्णायक गोलमा काठमाडौको सुन्धारा क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइजले जिल्लाको सर्वाधिक पुरस्कार राशीको गोल्डकप जितेको हो ।
चर्च ब्वाइजका लागि अर्को गोल सुनिल खड्काले गरे । सुन्धाराका लागि खमीर गिल्सन कन्दङवाले गोल गरे । झापा ११ का अधिकांश खेलाडी उतारेको सुन्धारा फाइनलमा भने असफल रह्यो । पृथ्बी माविको मैदानमा सुनिलको गोलबाट चर्च ब्वाइजले १३ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।गोलकिपरकिपर किशोर गिरी अगाडी बढेको मौकाको फाइदा उठाउँदै सुनिलले गोल गरेका हुन् ।
२७ औं मिनेटमा सुन्धाराका लागि खमिरले बराबरी गोल फर्काए । विपक्षी किपर अघि बढेको अवस्थामा हेडमार्फत उनले गोल गरेका थिए । ६५ औं मिनेटमा चर्च ब्वाइजका भूवनको गोल खेलेको निर्णायक बन्यो । म्यान अफ दी म्याच चुनिएका चर्च ब्याइजका सुशिल राईले ५ हजार रुपैयाँ प्राप्त गरे ।
सुन्धाराका प्रशिक्षक चन्द्र लिम्बुले खेलाडीको समन्वयन अभावमा उपाधि गुमाउनु परेको बताए । सुरुवाती अग्रताकै कारण टोली उपाधि जित्न सफल भएको चर्च ब्याइजका प्रशिक्षक रुबेन राईले बताए । चर्च ब्याइजले उपाधिसहित ३ लाख ११ हजार र सुन्धाराले १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्यो ।
सुन्धाराका कर्ण लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगितामा सोही क्लबका खमिर सर्वाधिक गोलकर्ता बने । त्रिशाली मेलाको अवसर पारेर आयोजना भएको बैशाख २० गते बाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
प्रतियोगिताका उत्कृष्ट
विधा नाम क्लब पुरस्कार राशी
सर्वोत्कृष्ट खेलाडी कर्ण लिम्बु सुन्धारा १५ हजार
सर्वाधिक गोल कर्ता खमिर गिल्सन कन्दङवा सुन्धारा १० हजार
उत्कृष्ट गोलकिपर सुर्य अधिकारी चर्च ब्याइज ८ हजार
उत्कृष्ट रक्षक विशाल गुरुङ सुन्धारा ८ हजार
उत्कृष्ट मिडफिल्ड पुजन उपरकोटी सुन्धारा ८ हजार
उत्कृष्ट फरवार्ड भूवन बस्नेत चर्च ब्याइज ८ हजार
उत्कृष्ट प्रशिक्षक रुबेन राई चर्च ब्याइज ८ हजार