8 years ago
May 11, 2018
दमक (हाम्रो खेलकुद) — गत वर्ष समान २ नकआउट उपाधि जितेका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बर्षको पहिलो नकआउट उपाधिका लागि आज दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्दैछन् ।
मनाङ भने यो वर्ष दोस्रो फाइनल खेल्दैछ । यसै महिना टोलीले इलामको माइभ्याली गोल्ड कपको फाइनल खेलको थियो । जहाँ मनाङ रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो ।
दमकमा टोलीले उच्च प्रदर्शन गरिरहेकोले यसपटक उपाधि जित्नेमा मनाङका विदेशी प्रशिक्षक फुजा टोपे आशावादी छन् । गत वर्ष पुलिसलाई आहा रारा गोल्ड कप र राखेप च्याम्पियनसिप जिताएका प्रशिक्षक अनन्त थापा आफ्नो टोली जित्ने दाबी गरे ।
पुलिससँग राष्ट्रिय टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ रहेकाले पनि प्रशिक्षक थापाको मनोबल बढेको छ । थापाले भने ,’अहिले हामी जस्तो टोलीसँग पनि प्रतिस्पर्धा गर्न सक्षम छौं ।’ हाम्रो टिम जस्तोसुकै टिमसँग प्रतिस्पर्धा गर्न समक्ष देखिएको छ ।’ यहि प्रतियोगितामात्र पुलिसबाट खेलेका किरणले नेपाली क्लबमा पुलिसका खेलाडीबीच उत्कृष्ट तालमेल रहेको जनाउँदै फिनिसिङमा केही समस्या रहेको बताउँछन् ।
पुलिसका कप्तान कप्तान हेम तामाङले भने फिनिसिङमा ध्यान दिने बताउँछन् । उनले भने,‘ हामीले यहाँ राम्रो खेलिरहेका छौं । त्यसैलाई फाइनलमा जारी राख्नु पर्दछ । मनाङका कप्तान विराज महर्जनले अघिल्ला खेलहरुको कमजोरीमा सुधार गर्ने बताउँछन् । मनाङले गत वर्ष जेसिज कप र दुवही गोल्ड कपको उपाधि जितेको थियो ।
मनाङ त्रिभुवन आर्मी क्लबलाई टाइब्रकेरमा र पुलिसले एपिएफलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र दोस्रो हुने टोलीले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]