8 years ago
May 11, 2018
दमक (हाम्रो खेलकुद) – बर्षको पहिलो उपाधिका रुपमा नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्दा सोही क्लबबाट खेलेको नेपाली राष्ट्रिय टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले टिभिएसको अपाचे १६० सीसीको बाइक प्राप्त गरेका छन् ।
गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टस् र आइ लिग क्लब मिरोर्वाबाट खेलेका किरण फुर्सदमा स्वदेशमा रहँदा पुलिसबाट खेलेका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै पुलिसले बर्षको पहिलो उपाधि जितेको हो । पुलिसका अभिषेक रिजाल फाइनलको म्यान अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।
पुलिसकै सन्तोष हेमरन उत्कृष्ट रक्षक, मनाङका सुजन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र फाइनलका निर्णायक गोलकर्ता रेजिन सुब्बा उत्कृष्ट फरवार्ड घोाषित भए । पुलिसका अनन्त थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले समानच २५ हजार रुपैयाँ प्राप्त गरे ।
त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी अलावाले र एपिएफका हरी कार्की संयुक्त रुपमा उच्च गोलकर्ता रहे । समान ३ गोल गरेका उनीहरुले जनही २५ हजार रुपैयाँ पाए । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र दोस्रो हुने टोलीले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्यो ।
दमक नगरपालिकाको आयोजनामा बैशाख १९ गते सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले विजेता, उपविजेता टोलीका खेलाडगीलाई पुरस्कृत गरे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]