default_image

8 years ago

May 19, 2018

‘नेयमार आबद्ध भए रियल हार्दैन’

182 views

0 Bookmark

साउ पाउलो (एजेन्सी)– नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने विषयमा हरेक दिन जसो चर्चा हुने गरेको छ । पछिल्लो पटक ब्रालियन पूर्व खेलाडी बेबेटोले नेयमार गएमा रियललाई कसैले हराउन नसक्ने दाबी गरेका छन् ।

विश्व कै उत्कृष्ट खेलाडीमध्ये एक बन्ने योजनासहित नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । सिजनको सुरुवात पनि उनले उच्च प्रदर्शनका साथ गरे । तर, चोटका कारण उनले पुरा सिजन भने खेल्न सकेनन् ।

एउटा खेलका दौरान पेनाल्टी हान्ने विषयमा इडिन्सन काभानीसँग विवाद भएपछि भने नेयमारले पिएसजी छोड्न चाहेको चर्चा व्यापक भएको थियो ।

रियलले पनि नेयमारप्रति चासो राखिएको बताइएको छ । बेबेटोले नेयमारका बारेमा भने, ‘रियल राम्रो र प्रभावशाली इतिहास भएको क्लब हो । नेयमार जस्तो खेलाडी जो आफैमा फरक छन् । उनका लागि त्यो टिममा पक्कै ठाँउ हुनेछ ।’

उनले अगाडि थपे, ‘पिएसजी छोड्न उनलाई कठिन होला , मलाई थाहा छैन के हुन्छ । तर, यदि उनको सम्झौता भयो भने रियललाई कसैले हराउन सक्दैन । अहिलेको अवस्था भन्दा प्रदर्शनमा फरक हुनेछ । नेयमारले बार्सिलोना छोड्दा पनि बुझ्न सकेको थिएन । अब हेरौं भविष्यमा के हुनेछ ।’

हल्ला जे जस्तो चलेपनि पिएसजी भने नेयमारलाई क्लबमै राख्नका लागि प्रतिबद्ध छ । नेयमारले पनि अर्को क्लबमा जाने भन्दा पनि अहिलेकै टोलीलाई सहयोग गर्न चाहेको बताएका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.