8 years ago
May 21, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ‘युरोपियन गोल्डेन शु’ को उपाधि जितेका छन्। युरोपका सबै लिगमा सर्वोकृष्ट गोलकर्ताको रुपमा मेस्सीले यस उपाधि जितेका हुन्।

यसअघि मोहम्मद सलाह मेस्सीसँग प्रतिस्पर्धामा रहेपनि उनीभन्दा २ गोल धेरै गर्दै अघिल्लो सिजन पनि युरोपका सर्वोकृष्ट फरवार्ड मेस्सीले यस उपाधिको रक्षा गरेका हुन्। दोस्रो स्थानका सलाहले ३२ गोल गर्दा मेस्सीको नाममा ३४ गोल रह्यो। तेस्रो स्थानमा ह्यारी केनको ३० गोल छ।
गोल्डेन शु गोलमा भन्दा पनि अंकमा आधारित छ। युरोपका ५ शिर्ष लिगमा १ गोललाई २ अंकको मान्यता दिइन्छ। पोर्चुगेली लिगमा बेन्फिकाका जोनास ओलिभिएराले समान ३४ गोल गरेपनि पोर्चुगेली लिगमा १ गोलको १.५ अंकको मात्र मान्यता छ।
मेस्सीको यो पाँचौ उपाधि हो। रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४ पटक यस उपाधि जितेका छन्। यसपटक रोनाल्डोले आठौँ स्थानमा सिजन अन्त्य गरे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]