default_image

8 years ago

May 29, 2018

पूर्व खेलाडी केसीसहित सट्टेबाज आरोपमा ६ जना पक्राउ

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी अन्जन केसी अर्को अभियोगमा पक्राउ परेका छन् । यसै साता सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) र च्याम्पियन्स लिग फाइनलको क्रममा सट्टेबाज अखडा सञ्चालन गरेको आरोपमा केसीसहित अन्य छ जना पक्राउ परेका हन् ।

गौरव तिवारी नाइके रहेको भनिएको गिरोहमा केसीसहित दीनेश बोगटी, नरेन्द सुवाल, विजय श्रेष्ठ छन् । उनीहरुलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सट्टेबाजीमा संग्लग्न ६ जनाको छुट्टाछुट्टै कार्यक्षेत्र थियो । सबैको संयोजन भने भने तिवारीले गर्ने गरेको बताइएको छ ।

तिवारीले बेलायतबाट फरक फरक समयमा २४ वटा अनलाइन एकाउण्ट खोलेर त्यसैमार्फत सट्टेबाजीको कारोबार चलाउँथे । त्यही एकाउण्टमध्ये एउटा एकाउण्ट केसीको जिम्मामा रहेको बताइएको छ । महानगरिय प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले तिवारीलाई पक्राउ गरी उनको साथबाट बरामत गरिएको डकुमेन्टका आधारमा अन्य पाँच जना पक्राउ गरिएको बताएका छन् ।

आईपीएलका खेलहरुमा कम्तिमा २५ हजारदेखि बढीमा १५ लाखसम्मको बेटिङ खेलाइएको प्रहरीको दाबी छ । कुन खेलमा कति रकम सट्टेबाजी भएको थियो भन्नेबारेमा अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताए ।

केसीको अनलाइन एकाउण्टबाट २ करोड ७७ लाख, ५ हजारको कारोबार भएको देखिएको र गिरोहबाट ७ करोड ४७ लाख २ हजारको कारोबार भएको प्रमाण फेला परेको बताइएको छ । प्रहरीले छ जनाविरुद्ध ठगी मुद्दा दायर गरी जिल्ला अदालतमा म्याद थपका लागि पठाइसकेको छ । ्
राष्ट्रिय फुटबल टोलीबाट खेल्दा विभिन्न देशको खेलमा फिक्सिङ गरेको आरोपमा तीन वर्षअघि थ्री स्टार पूर्व प्रशिक्षक समेत रहेका केसी अन्य पाँच खेलाडीसँगै पक्राउ परेका थिए । अहिले पनि उनीहरुविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधिन छ । त्यहि बीचमा पाँचै जनालाई फिफाले फुटबलमा आजीवन प्रतिबन्ध लगाएको थियो ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.