default_image

8 years ago

May 30, 2018

फिफा विश्वकप – १५ दिन बाँकी!

105 views

0 Bookmark

मस्को (एजेन्सी) – फिफा विश्कप सुरु हुन अब मात्र १५ दिन बाँकी छ । विश्वभरका सबै फुटबल लिग अहिले विश्राममा छन् । कुनै ठाउँमा सिजन सकिएको छ त कतै सिजनको मध्यभागमा लिगलाई रोकिएको छ । गतसाता रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई पराजित गरेसँगै युरोपको सिजन पनि विधिवत रुपमा अन्त्य भएको थियो ।

सर्जियो रामोसले कप्तानका रुपमा लगातार च्याम्पियन्स लिग उपाधि जिताए । यो उपलब्धि हासिल गर्ने उनी दोस्रा कप्तान हुन् । यसअघि जर्मनीका फ्रान्ज बेकेन्बौरले बायर्न म्युनिखलाई लगातार तीनपटक च्याम्पियन्स लिग उपाधि जिताएका थिए । रामोसले राष्ट्रिय टोलीमा पनि सोहि अनुरुपको सफलता निरन्तर दिने आशा समर्थकहरुको छ । यसका लागि उनले टोलीको प्रशिक्षणमा सहभागिता जनाइसकेका छन् । पछिल्लो पटक सन् २०१२ मा युरो जितेको स्पेनले त्यसयता भने अन्तर्राष्ट्रिय प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्दै आएको छ ।

विश्वकपमा कुल ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् ।

आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । ११ सहरका १२ रंगशाला प्रयोग हुने प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ ।

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

Success

Thank you for your time.