8 years ago
May 30, 2018
लन्डन (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले अर्को सिजन रियल म्याड्रिड जाने हल्ला चलाईनु वाइयात भएको बताएका छन् । चोट ठिक भएर पूर्ण रुपमा खेल्नका लागि तयार हुने प्रतिक्षामा रहेका बेला यस्ता हल्ला अनावश्यक भएको उनले तर्क छ । छन् ।
बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको केहि महिनापछि नै उनी रियल जाने हल्ला सुरु भएको थियो । ‘म अहिले ब्राजिलियन टोलीमा केन्द्रित छु,’ नेयमारले भने,‘ मान्छेहरु अनावश्यक हल्ला चलाई रहेका छन् । जसको जवाफ दिन आवश्यक छैन ।’
उनले सतप्रतिशत ठिक भएर मैदान फर्कन अझै केहि समय लाग्ने बताएका छन् । ‘शारीरिक रुपमा म ठिक छु । मेरो खुट्टा पनि ठिक छ । म केहि अभ्यस्त हुने कोशिस गरिरहेको छु । मलाई अझै केहि अप्ठेरो भने छ ,’ उनले भने,‘ तर, धेरै ठूलो समस्या नभएपनि सत प्रतिशत ठिक हुन बाँकी छ । ’
विश्व कपका लागि अझै केहि समय बाँकी रहेकाले त्यति बेला सम्म पूर्ण रुपमा ठिक हुनेमा उनी आशावादी छन् । सुपर स्टारहरु सम्मिलित ब्राजिललाई विश्व कपको बलियो दाबेदार मध्ये एकका रुपमा हेरिएको छ । यद्दपी छैटौं पटक ब्राजिल विश्व कप विजेता बन्नका लागि नेयमार भने ठिक हुन आवश्यक रहेको कतिपयको तर्क छ ।
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]