8 years ago
May 31, 2018
भ्यालेन्सिया (एजेन्सी)– चोटग्रस्त लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ । तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ । जसले टोलीको विश्व कप चुनौति मजबुत हुने अपेक्षा गरिएको छ ।
शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनलको दौरान रियलका सर्जियो रामोससँग ठोक्किएर सालाहको काँधमा चोट लागेको थियो । सो खेलमा लिभरपुल ३–१ ले पराजित भएको थियो । उक्त खेलमा आधा घण्टामात्र मैदानमा रहेका सलाहले विश्वकप खेल्ने नखेल्ने विषयमा विश्वव्यापी चर्चा चलिरहेको छ । सलाहको अनुपस्थिति नै लिभरपुलको हारको कारण रहेको पनि विश्लेषकहरुको बुझाई छ ।
काँधको थप उपचारका लागि सालाह मंगलबार भ्यालेन्सिया पुगेका छन् । जहाँ उनको उपचार इजिप्सियन राष्ट्रिय टोलीका चिकित्सकहरुले गर्नेछन् । इजिप्ट फुटबल संघले ट्विट गर्दै साहाल तीन सातामा ठिक हुने अपेक्षा राखेको छ । इजिप्ट फुटबल संघको अनुसार उनले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् ।
जुन १५ मा उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा सालाह खेल्ने सम्भावना कम छ । तर उनी आयोजक रसियाविरुद्ध हुने समूह चरणको दोस्रो खेलमा भने फर्कने अपेक्षा गरिएको छ । समूह चरणमा सलाहले अन्तिम खेलसम्म पुनरागमन गरेपनि इजिप्टले अर्को चरणमा पुग्ने आशा राखेको छ । सालाहले जारी सिजन लिभरपुलका लागि ४४ गोल गरेका थिए । प्रिमियर लिगमा खेलेको पहिलो सिजनमै ३० गोल पार गरेका सलाह वर्षको उत्कृष्ट खेलाडी पनि चुनिएका थिए । उनि लिगको सर्वाधिक गोलकर्ता पनि भए ।
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]