8 years ago
May 30, 2018
मस्को (एजेन्सी) – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ अब १४ दिनमा सुरु हुँदैछ । ३२ राष्ट्र सम्मिलित विश्वकप फुटबलमा सर विश्वको ध्यान केन्द्रित हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ भने सहभागी टोलीहरुले पनि अन्तिम नामावली सार्वजनिक गर्न थालिसकेका छन् ।

Javier Mascherano of Argentina
यसक्रममा अर्जेन्टिनाले पनि विश्वकपका लागि अन्तिम २३ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । विश्वकपको नियम अनुसार जुन ४ तारिखमा अन्तिम २३ खेलाडीको नाम बुझाउने मिति तोकिएको छ । तर धेरै टोलीले विश्वकपका लागि अहिलेबाट आफ्नो उत्कृष्ट टोली छनोट गरेर विशेष तयारी गराउन थालिसकेको छ । केहि टोली भने अझै पनि आफ्नो उत्कृष्ट २३ छनोट गर्ने प्रक्रिया मै छन् ।
अर्जेन्टिनाले पनि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेको छ । उक्त टोलीमा ३ गोलरक्षक, ८ डिफेन्डर, ८ मिडफिल्डर र ४ फरवार्ड रहेका छन् । निकै अनुभवी खेलाडी जाभिएर मास्सेरानो पनि टोलीमा रहेका छन् । उन्ले मैदानको कुनै भागबाट पनि खेल्न सक्ने क्षमता राख्छन् । यसअघि वेस्टह्याम, लिभरपुल, बार्सिलोनाजस्तो क्लबबाट खेलेका मास्सेरानो यसपटक अर्जेन्टिनालाई विश्वकप जिताउने दाउमा छन् ।
अर्जेन्टिनाले सन् २००० को दशकदेखि विश्वकप फुटबल जितेको छैन । सर्वकालीन महानमध्यका लिओनेल मेस्सीको कप्तानीमा रहेको टोलीमा कप्तान मेसीसँगै सर्जियो अगुएरो, पाउलो डिबाला र गोन्जालो हिगुआइन जस्ता खेलाडी आक्रमणमा हुनेछन् । प्रतियोगिताको खेल संचालनका लागि आयोजकले ११ सहरमा १२ रंगशाला तयार पारेको छन् । मस्कोको लुझिनकी रंगशालामा सुरु हुनेविश्वकप एक महिना चल्नेछ ।
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]