8 years ago
May 31, 2018
म्युनिख (एजेन्सी) – जर्मनीको प्रारम्भिक टोली हल विश्वकप तयारीको अन्तिम चरणमा छ । यसका लागि प्रशिक्षक जोकिम लोले दैनिक रुपमा खेलाडीको प्रदर्शन हेरेर अन्तिम टोलीबारे निर्णय लिने तयारी गरिरहेका छन् । बुधबार जर्मनीको प्रशिक्षणमा भने केहीबेर स्थिति सुखद रहेन ।

प्रशिक्षक लोलाई प्रफुल्ल तुल्याउने उद्देश्यले डिफेन्डर एन्टोनियो रुडीगरले अर्का डिफेन्डर जोसुआ किमिचलाई डरलाग्दो फल हाने । म्युनिखका डिफेन्डर किमिचले रिसको झोकमा उठ्दै रुडीगरमाथि उल्टो जाइलागे । केहि समय दुवै खेलाडीबीच झगडा उत्पन्न हुने देखेपछि प्रशिक्षक मिरोस्लाभ क्लोजले खेलाडीलाई छुट्याउनु परेको थियो ।
यसबाहेक अर्को फलमा पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेलिरहेका विंगर जुलियन ड्राक्स्लरको पनि मुखमा चोट लागेको थियो । उनले केहि समय मैदानबाहिर रहेर विश्राम लिएपछि अन्त्यतिर भने प्रशिक्षणमा भाग लिए । जर्मनीले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अस्ट्रिया र साउदी अरेबियाको सामना गर्दैछ । जर्मनी विश्वकपको समूह ‘एफ’ मा मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग रहेको छ ।
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]