8 years ago
May 31, 2018
विविध सुवेदी
काठमाडौं – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १३ मा रहेका छन् जर्मनीका मिडफिल्डर मेसुट ओजिल ।
जर्मनीका पूर्व कप्तान फिलिप ल्हामले भनेका थिए, “ओजिलजस्तो खेलाडी पाउनु कुनै पनि स्ट्राइकरका लागि सपना हो ।” आफ्नो सृजनात्मक खेलका लागि परिचित ओजिल विश्व फुटबलमा ‘असिस्ट किङ’ का रुपमा पनि चिनिन्छन् ।
त्यस्तै इंग्लिस प्रिमियर लिगमा आर्सनलका लागि खेलिरहेका ओजिलले यस सिजन सबै प्रतियोगितामा ५ गोल सहित १२ असिस्ट गरे । ठूला प्रतियोगितामा उनको प्रदर्शन फर्केर हेर्दा, ओजिल विश्वकप २०१० मा उत्कृष्ट १० खेलाडीको सुचीमा पर्न सफल भएका थिए र त्यति बेला रियल म्याड्रिडले उनलाई खरिद गर्न ढिलो गरेन ।
युरोकप २०१२ मा पनि आकर्षक प्रदर्शन गरेका ओजिल त्यस वर्ष जर्मनीको उत्कृष्ट खेलाडी घोषित भए । २०१४ को विश्वकप जर्मनीले जित्दा पनि ओजिलको भुमिका निकै महत्त्वपूर्ण थियो । उनले प्रतियोगिताभरि १७ अवसरहरु सिर्जना गरेका थिए जुन लियोनल मेस्सी (२३) भन्दा मात्र कम थियो । युरोकप २०१६ मा पनि ओजिल उत्तिकै उत्कृष्ट लयमा थिए ।
सोझो रुपमा भन्दा, ठूला प्रतियोगितामा ओजिल जर्मनीका लागि चम्किने गर्छन् । पछिल्ला ७ वर्षमा उनले ५ पटक जर्मनीको उत्कृष्ट खेलाडीको उपाधि जितिसकेका छन् । जर्मनीका लागि उनी गोलमा भन्दा असिस्टमा धेरै देखा पर्छन् ।
जर्मनीको मिडफिल्डमा थोमस मुलर, टोनी क्रुस, इल्के गुन्डोगन, सामि खेडिरा, जुलियन ड्राक्सलर, लेरोय साने र मार्को रोयसजस्ता विश्वस्तरिय नामहरु रहेका छन् । तर जर्मनी खेल्ने शैली र प्रणालीको ओजिल अभिन्न अंग रहेकाले टोलीमा उनको स्थान सुरक्षित त छँदै छ, निकै महत्त्वपूर्ण पनि रहेको छ ।
जुन १७ मा मेक्सिकोसँग खेल्दै जर्मनीले आफ्नो अभियान थाल्ने छ । समूह ‘एफ’ मा यी दुई राष्ट्रसँगै स्विडेन र दक्षिण कोरिया पनि रहेका छन् । तुलनात्मक रुपमा समूह चरण जर्मनीका लागि सजिलो रहेको छ तर विश्वकप फेरी जित्न भने निकै कठिन हुने छ ।
ब्राजिल, स्पेन, फ्रान्स र अर्जेन्टिनासँगै जर्मनीलाई पनि यस वर्षको बलियो दाबेदार मानिएको छ, र विश्वकपको उपाधि रक्षा गर्ने हो भने प्रतियोगिताभरी मैदानमा ओजिलले आफ्नो जादु कायम गर्नु पर्ने हुन्छ ।
हेर्नुहोस् विश्वकपका लागि जर्मनीको प्रारम्भिक टोली
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर २०
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १९
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १८
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १७
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १६
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १५
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १४
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]