8 years ago
May 31, 2018
मस्को (एजेन्सी) – अर्जेन्टिनी टोलीको सबैभन्दा बलियो पक्ष भनेकै आक्रामक खेलाडीको बेजोड उपस्थिति हो । कप्तान लियोनल मेस्सीसँगै अर्जेन्टिनामा युभेन्ट्सका फरवार्डद्वय गोन्जालो हिगुआइन र पाउलो डीबाला छन् । म्यानचेस्टर सिटीका स्टार सर्जियो अगुएरोको अनुभवले टोलीलाई अझै बलियो बनाएको छ ।

सेभियाका पूर्व प्रशिक्षक जोर्गे साम्पाओली अहिले अर्जेन्टिनाको राष्ट्रिय टोलीको जिम्मेवारीमा छन् । उनी विश्व फुटबलमा नयाँ रणनीति अबलम्बन गर्न प्रख्यात प्रशिक्षकका रुपमा गनीन्छन् । साम्पाओलीले अर्जेन्टिनाको पहिलो खेलमा ब्राजिलविरुद्ध १-० को जित दर्ता गर्दा नयाँ रणनीति ल्याएका थिए । उनले उक्त खेलमा २-३-३-२ को नयाँ रणनीति अपनाएर विपक्षीलाई पनि अचम्मित तुल्याएका थिए ।
विश्वकपका लागि पनि साम्पाओलीले सोहि रणनीतिमा खेल्न लागेको प्रशिक्षणको ड्रिलमा देखिएको छ । सामान्यतया ४-२-३-१ को पद्दतिमा खेल्दै आएको अर्जेन्टिनाले चाहेको खण्डमा २-३-३-२ को पद्दतिमा परिवर्तन गर्न सक्ने क्षमताको विकास प्रशिक्षणमा भइरहेको बुझिएको छ ।
यदि साम्पाओलीले २-३-३-२ को पद्दतिमा खेलाए टोलीमा उपलब्ध सबै फरवार्डले पहिलो रोजाईमै खेल्न सक्ने संरचना बन्नेछ । अग्रपंक्तिमा लिओनेल मेस्सी र सर्जियो अगुएरो रहनेछन् । त्यसपछि तीन आक्रामक मिडफिल्डरको भूमिका एन्जल डी मारिया, पाउलो डिबाला र गोन्जालो हिगुआइन् मध्यका दुई खेलाडी हुनेछन् । युवा खेलाडी जिओभानी लो सेल्सो र म्यानुएल लान्जिनी पनि अवसरको खोजीमा हुनेछन् ।
पूर्ण टोली :
गोलकिपरः नाहुल गुज्मन, विली क्याबालेरो, फ्रान्को अर्मानी
डिफेन्डरः फेडेरिको फाजियो, निकोलस ओटामेन्डी, ग्याब्रियल मर्साडो, मार्कोस रोजो, निकोलास टाग्लियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी, इडुवार्डो साल्भियो
मिडफिल्डरः जेवियर मास्चेरानो, एवर बनेगा, लुकास बिलिया, एन्जल डी मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो
फरवार्डः लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोन्जालो हिगुआइन
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]