default_image

8 years ago

June 1, 2018

फिफा विश्वकप – १३ दिन बाँकी!

148 views

0 Bookmark

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ ।  ब्राजिलमा आयोजित पछिल्लो संस्करणमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । 

जर्मनी यस पटक पनि उपाधिको दावेदारको रुपमा लिइएको टोली हो ।  प्रशिक्षक जोकिम लोले अनुभवी र युवा खेलाडीको सम्मिश्रण गरेर बलियो टोली उतार्ने प्रयास गर्दैछन् ।  उनले चोटका बावजुद पनि केहि अनुभवी खेलाडीलाई टोलीमा समेटेका छन् ।  गोलरक्षक म्यानुएल नोएर, डिफेन्डर जेरोम बोटेङ जस्ता खेलाडी पूर्ण फिट नभए जर्मनीलाई केहि कठिन हुनेछ ।

फरवार्ड थोमस मुल्लर सन् २०१० विश्वकपका गोल्डेन बुट विजेता र २०१४ विश्वकपका सिल्भर बुट विजेता हुन् । उनले दुवै विश्वकपमा ५-५ गोल गरेका थिए । २०१० को विश्वकपको उत्कृष्ट युवा खेलाडी पनि चुनिएका मुलर २०१४ को अल-स्टार ११ मा लियोनल मेस्सी र नेयमारसँगै अग्रपंक्तिमा परेका थिए । यसपटक पनि जर्मनीले विश्वकप उपाधि रक्षा गर्न उनीबाट धेरै अपेक्षा गरेको छ ।

खेलमा फुर्तिका लागि चिनिने मुलर ३६ गोलसहित जर्मनीका लागि दशौं सर्वाधिक गोलकर्ता हुन् । त्यस्तै विश्वकपमा १० गोलसहित उनी प्रतियोगिताका आठौं सर्वाधिक गोलकर्ता हुन् । यस सिजन बायर्न म्युनिख र जर्मनीका लागि कुल ४८ खेलमा सहभागी हुँदै मुलरले १६ गोल र १६ असिस्ट गरे । यस सिजन बायर्न म्युनिखबाट लिग जितेका उनी लिगमा सर्वाधिक असिस्ट गर्ने खेलाडी पनि हुन सफल भए । क्लब टोलीमा जमेका मुलर आफ्नो फर्मलाई राष्ट्रिय टोलीमा पनि जारी राख्ने सोचमा हुनेछन् ।

हेर्नुहोस् जर्मनीको प्रारम्भिक विश्वकप टोली ।

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

Success

Thank you for your time.