default_image

8 years ago

June 1, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – १२ इस्को

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १२ मा रहेका छन् स्पेनका मिडफिल्डर इस्को ।

इस्कोको करियरलाई फर्केर हेर्दा, २०१२ मा २० वर्षे इस्कोले स्पेनिस टोली मालागाबाट आकर्षक प्रदर्शन गरे र अर्को सिजन रियल म्याड्रिड उनलाई खरिद गर्द सफल रह्यो । त्यस बेलादेखि इस्कोको करियर उभो लागि रहेको छ ।

सन् २०१५ मा गोलकिपर इकर क्यासिलासले इस्कोको प्रतिभा देख्दै उनी आगामी समयमा स्पेनका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुने बताएका थिए, र यस विश्वकपमा क्यासिलासको अनुमान सही सावित हुँदै छ ।

इस्को आफ्नो पास गर्ने शैली, गोल गर्ने कला र बलमा नियन्त्रणका लागि परिचित छन् । एक अग्रपंक्तिमा खेल्ने खेलाडीमा हुनु पर्ने सबै गुण उनीमा छ भन्ने कुरामा दुई मत छैन । उनी स्पेनिस टोली खेल्ने शैली र प्रणालीका मूल पात्रका रुपमा उदाएका छन् ।

स्पेनको टोलीमा सर्जियो बुस्केट्सले डिफेन्सिभ मिडफिल्डको जिम्मेवारी लिनेछन् भने उनलाई थियागो अलाकान्टार वा कोकेले साथ दिनेछन् । मिडफिल्डको आक्रामक पक्ष भने आन्द्रेस इनिएस्टा, डेभिड सिल्भा र इस्कोको जिम्मामा हुने छ र स्पेन सधैं आफ्नो आक्रमक मिडफिल्डकै लागि चिनिएको छ ।

isco

हालै खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६-१ ले हराउंदा इस्कोले ह्याट्रिक गरेका थिए । भिडियो गेम फिफाले इस्कोले यस विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुट जित्ने अनुमान पनि लगाएको थियो ।

रियलले लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि जित्दाको इस्को महत्त्वपूर्ण सदस्य हुन् । तर स्पेनका लागि भने इस्कोले ठूला प्रतियोगितामा खेलिसकेका छैनन् । यो उनका लागि नयाँ अनुभव हुने नै छ, विश्व फुटबलमा आफ्नो नाम थप स्थापित गर्ने ठूलो मौका पनि रहने छ ।

स्पेनले सन् २०१० को विश्वकप जितेको थियो भने २०१४ मा खराब प्रदर्शन गर्दै समूह चरणबाट बाहिरिन पुग्यो । यस विश्वकपमा भने स्पेनलाई ब्राजिल, जर्मनी, अर्जेन्टिना, र फ्रान्ससँगै बलियो दाबेदारको रुपमा हेरिएको छ, र दाबेदार स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि जिताउने अभियानमा इस्कोको भुमिका अति महत्त्वपूर्ण हुने देखिन्छ ।

के स्पेनले यस वर्षको विश्वकप जित्ला? तपाईंको समर्थन कुन टोलीसँग छ ?

हेर्नुहोस् स्पेनको अन्तिम विश्वकप टोली

विश्वकपमा हेर्नलायक २० खेलाडी – २० ग्याब्रियल जेसस 
विश्वकपमा हेर्नलायक २० खेलाडी – १९ थोमस मुलर 
विश्वकपमा हेर्नलायक २० खेलाडी – १८ डेभिड सिल्भा 
विश्वकपमा हेर्नलायक २० खेलाडी –  १७ एन्गोलो कान्टे 
विश्वकपमा हेर्नलायक २० खेलाडी – १६ एन्जल डि मारिया 
विश्वकपमा हेर्नलायक २० खेलाडी – १५ एडेन हाजार्ड 
विश्वकपमा हेर्नलायक २० खेलाडी – १४ लुका मोड्रिच 
विश्वकपमा हेर्नलायक २० खेलाडी – १३ मेसुट ओजिल

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

Success

Thank you for your time.