default_image

8 years ago

June 1, 2018

”मेरो खेल जीवनको निर्णय आफै गर्छु’ – नेयमार

112 views

0 Bookmark

लन्डन (एजेन्सी)– विश्व फुटबलका महंगा खेलाडी पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारको खेल जीवनमा उनका पिताको भूमिका महत्वपूर्ण रहने विश्वास गरिन्छ । तर, नेयमारले आफ्नो खेलजीवनका बारेमा निर्णय गर्ने मुख्य व्यक्ति पिता नभई आफै भएको बताएका छन् । उनले पितालाई खाली सल्लाहकार मात्र भएको दाबी गरेका छन् ।

नेयमार सिनियर ब्राजिलियन सुपर स्टारका एजेन्ट पनि हुन् । उनकै पहलमा नेयमार बार्सिलोनाबाट पिएसजी पुगेका थिए । अहिले फेरि पिताकै पहलमा नेयमार रियल म्याड्रिड जाने चर्चा चलेको छ ।

चोट मुक्त भएपछि पूर्णरुपमा फिट हुने प्रयासमा रहेको नेयमारले आफ्नो जीवनमा पिताको भूमिका बारे भने, ‘उहाँले मेरो खेल जीवनको निर्णय गर्ने होइन । त्यो सबै निर्णय गर्ने मै हु । उहाँ मेरो उत्कृष्ट सल्लाहकार हो । तर, निर्णय म नै गर्छु ।’

पिताले आफ्नो खेल जीवनमा सधै चासो राखेको र त्यसले आफ्नो पुरा खेल जीवनमा राम्रो गरेको नेयमारले प्रष्ट पारेका छन् । फ्रान्सको बसाईका विषयमा कुरा गर्दै नेयमारले भने,’ त्यहाँ फुटबल भन्दा पनि मेरो लागि चुनौति भाषा सिक्न हो । म अझै पनि पुरा जान्ने भएको छैन । तर, प्रयास जारी छ । ‘

उनले फुर्सदको समय परिवार र साथीसँग बिताउने गरेको उल्लेख गर्दै युरोपमा गोपनियताका मामलामा केहि कठिन हुने बताए ।’ विश्व कपका विषयमा चर्चा गर्दै उनले भने, ‘यो मेरो विश्व कप मेरो लागि होइन । यो त ब्राजिलियन फुटबल टोलीका लागि हो ।’

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

Success

Thank you for your time.