8 years ago
June 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । यस विश्वकपमा बलियो दाबेदार मानिएको टोलीमा ब्राजिल पनि पर्छ ।
अघिल्लो विश्वकपमा ब्राजिल निराशजनक तरिकाले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यो सम्झना बिर्सँदै २०१८ रुस विश्वकपमा ब्राजिलले आफुलाई बलियो रुपमा प्रस्तुत गर्ने होडमा छ ।
प्रशिक्षक टिटेले तीन महिना अघि नै आफुले खेलाउने सुरुवाती ११ सार्वजनिक रुपमै घोषणा गरेका थिए । त्यसमा डिफेन्समा ड्यानी एल्भेस समावेश रहेका थिए तर चोटका कारण एल्भेसले प्रतियोगिता गुमाउने छन् । उनको स्थानमा म्यानचेस्टर सिटीका ड्यानिलो खेल्न सक्ने छन् ।
त्यस्तै टिटेले पूर्व कप्तान थियागो सिल्भालाई समेत सुरुवाती ११ मा नरोजी पिएसजीका मार्क्युनोस रोजेका छन् । उनको यो रोजाईलाई यस हप्ता खेलिने मैत्रीपूर्ण खेलहरुको सुरुवाती ११ ले अझ प्रष्ट पार्ने छ ।
यसैगरी अग्रपंक्तिमा टिटेले लिभरपुलका फिर्मिनो र चेल्सीका विलियनलाई सुरुवाती ११ मा स्थान दिएका छैनन् । नेयमार र कौटिन्होसँगै म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस टिटेको पहिलो रोजाईमा छ । तर नेयमार अग्रपंक्तिको बीचमा खेले भने विलियन विङमा खेल्न सक्ने छन् । त्यस्तै फिर्मिनो भने जेससकै विकल्पका रुपमा टोलीमा रहेका छन् ।
ब्राजिलको सम्भावित सुरुवाती ११ यस प्रकारको रहेको छ:
गोलकिपर: एलिसन
डिफेन्स: मार्सेलो, मिरान्डा, मार्क्युनोस, ड्यानिलो
मिडफिल्ड: क्यासेमिरो (कप्तान), रेनाटो अगस्टो, पौलिन्हो
फरवार्ड: नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो
के यस पटक ब्राजिल विश्वकप जित्न सक्षम छ?
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]