default_image

8 years ago

June 1, 2018

प्रशिक्षणमा नेयमार मुख्य टोलीभन्दा बाहिर

90 views

0 Bookmark

लन्डन (एजेन्सी) – गतसाता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार बिहीबार विश्वकप प्रशिक्षण क्याम्पमा मुख्य टोलीबाट बाहिर बसेका छन् । खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् ।

विश्वकप तयारीको लागि आइतबार लन्डन जानुअघि नेयमारले आफू पूर्णरुपमा ठिक नभएको बताए । यद्यपी नेयमारले विश्वकपको पहिलो खेलसम्म भने सबै ठिक हुने प्रतिवद्धता व्यक्त गरे । ब्राजिलले विश्वकप अगाडीको अभ्यास खेलमा आइतबार क्रोएसियासँग खेल्दैछ । लिभरपुलमा हुने उक्त खेलमा नेयमारको उपस्थिति भने पक्का भएको छैन ।

बिहीबार भएको अभ्यासमा प्रशिक्षक टिटेले ग्यब्रिएल् जेसस र फिलिप कोउटिन्होलाई अग्रपंक्तिमा खेलाए । नियमित रुपमा राष्ट्रिय टोलीबाट खेलिरहेका मार्किन्हसको स्थानमा थियागो सिल्भा खेलेका थिए । त्यसअघि ब्राजिल फुटबल संघले मिडफिल्डर रेनाटो अगुस्टोको घुंडामा चोट लागेका कारण उनले क्रोएसियाविरुद्धको खेल गुमाउने जानकारी दिएको थियो । २० वर्षीय अगुस्टो साताको अन्त्यसम्म विश्राममा बस्ने सम्भावना रहेको छ ।

ब्राजिलले विश्वकपका तयारीका लागि सोमबारदेखि टोटेनहम हट्सपरको प्रशिक्षण केन्द्र प्रयोग गर्दै आएको थियो । विश्वकपका लागि प्रस्थान गर्ने बेलासम्म ब्राजिल यहीं रहनेछ । ब्राजिलले विश्वकप अघि अन्तिम मैत्रीपूर्ण खेल अस्ट्रियासँग जुन १० मा खेल्नेछ ।

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

Success

Thank you for your time.