default_image

8 years ago

June 1, 2018

मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया विजयी, कोरिया भने पराजित

95 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलअन्तर्गत अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४-० ले पराजित गर्न सफल भएको छ । त्यस्तै अर्को विश्वकप टोली दक्षिण कोरिया भने बोस्निया एन्ड हर्जेगोभिनासँग ३-१ ले पराजित हुन पुग्यो ।

अष्ट्रेलियाका लागि मिडफिल्डर म्याथु लेकीले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै आन्ड्रु नबट र लेकीले पुन: दोस्रो हाफमा गोल गरे भने चेकले एक आत्मघाती गोल गर्न पुग्यो । विश्वकपमा अष्ट्रेलिया फ्रान्स, डेनमार्क र पेरुसँग समूह समूह ‘सी’ मा रहेको छ ।

त्यसैगरी एडिन भिस्काको ह्याट्रिकमा दक्षिण कोरिया बोस्नियासँग पराजित हुन पुग्यो । कोरियाका लागि लि-जे सुङले एक गोल फर्काएका थिए । कोरिया जर्मनी, मेक्सिको र स्वीडेन रहेको समूह ‘एफ’मा रहेको छ ।

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

Success

Thank you for your time.