8 years ago
June 2, 2018
मिलान (एजेन्सी) – स्टार फरवार्ड मोहमद सलाहविना उत्रिएको इजिप्टले विश्वकप अगाडीको अभ्यास खेलमा कोलोम्बियासँग गोलरहित बराबरी खेलेको छ । शुक्रबार इटालीमा खेलिएको खेलमा इजिप्टले कोलोम्बियाको दवावलाई परास्त पारेपछि खेल बराबरीमा टुंगिएको हो ।

विश्वकपका लागि अभ्यासरत दुवै टोलीले खेलमा राम्रो प्रदर्शन गरेपनि गोल गर्न भने सकेनन् । कोलोम्बियाले अब विश्वकपको पहिलो खेलमा जापानको सामना गर्नेछ । इजिप्टले भने बुधबार बेल्जियमसँग अभ्यास खेल खेल्दै विश्वकपको तयारीमा बिट मार्नेछ ।
इजिप्टको टोलीमा प्रिमियर लिग खेलिरहेका डिफेन्डर अहमद हेगाजी र रमादान सोभिको उपस्थिति रहेको थियो । यता कोलोम्बियाले भने निकै अनुभवी टोली उतारेको थियो । फरवार्ड राडामेल फाल्काओलाई मिडफिल्डर हामेस रोड्रीग्वेज र जुआन कुआर्डाडोले साथ दिएका थिए । गोलरक्षणमा डेविड ओस्पिनाले जिम्मेवारी सम्हालेका थिए ।
इजिप्ट विश्वकपमा समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयिजक रसिया, साउदी अरेबिया र उरुग्वे रहेका छन् । यस्तै कोलोम्बिया सम्मिलित समूह ‘एच’ मा भने पोल्यान्ड, सेनेगल र जापान रहेका छन् । कोलोम्बियाले जुन १९ मा हुने पहिलो खेलमा जापानको सामना गर्नेछ भने इजिप्टले १५ जुनमा उरुग्वेको चुनौती स्वीकार्नेछ ।
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]