8 years ago
June 10, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् ।

बेल्जियमका कप्तान रहँदै आएका डिफेन्डर भिन्सेट कम्पनीलाई राष्ट्रिय टोलीबाट ठूलो प्रतियोगितामा केहि गर्ने यो अन्तिम मौका हुनसक्छ । पछिल्ला प्रतियोगितामा चोटका कारण उपस्थित हुन नसकेका उनले बेल्जियमको स्वर्ण युगको नेतृत्व लिइरहेका छन् । यसपटक प्रशिक्षक रोबर्टो मार्टिनेजले टोली छनोटको विषयलाई लिएर निकै आलोचना खेप्नुपर्यो । यसका बाबजुद बेल्जियमले निकै बलियो टोली तयार पारेको छ ।
क्लब स्तरमा तहल्का मच्चाइरहेका खेलाडीको जमात अहिलेको बेल्जियम टोलीमा सम्मिलित छ । चेल्सीका इडेन हाजार्ड, म्यान्चेस्टर सिटीका केभिन डे ब्रुएन, नेपोलीका ड्रिज मर्टन्स र म्यानचेस्टर युनाइटेडका रोमेलु लुककु लगायतका खेलाडीले आक्रमण सम्हाल्नेछन् । डिफेन्समा टोटेनहम हट्स्परका डिफेन्डरद्वय टोबी आल्डरवेरल्ड र जान भर्टोन्घनसँगै कम्पनि, पीएसजीका थोमस मुनिएर पनि छन् ।
समग्र रुपमा सन्तुलित रहेको टोली समूह ‘एच’ मा परेको छ । उक्त समूहमा इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । पानामा पहिलोपटक विश्वकपमा सहभागिता जनाइरहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]