8 years ago
June 10, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर ४ लाई स्तब्ध पार्दै वडा नं. १२ जीतपुरसिमरा नगर स्तरीय प्रथम मेयर कप फुटत्रबल प्रतियोगिताको क्वाार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतबार भएको खेलमा वडा नं. ४ लाई १–० ले पराजित गर्दै वडा नं. १२ ले अन्तिम आठको यात्रा तय गरेको हो । टोलिको जितमा सुमन चौधरीले निर्णायक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा वडा नं. १२ ले खेलको ३०औं मिनेटमा गोल गरेको थियो । वडा नं. ४ का रंक्षापंक्ती कमजोरीको फाइदा उठाउदै सुमनले गोल गरे र त्यहि खेलको निर्णायक बन्यो । खेलको दोस्रो हाफमा वडा नं. ४ ले आकर्षक प्रदर्शन गरेपनि खेलमा फर्किन सकेन । दोस्रो हाफमा वडा नं. १२ लाई दबावमा राखेको वडा नं. ४ को फिनिसिङ पक्ष भने कमजोर देखियो ।
पहिलो खेलमा वडा नं. १९ लाई पराजित गर्दै प्रिक्वार्टरमा प्रवेश गरेको वडा नं. १२ को प्रतियोगितामा यो दोस्रो जित हो । वडा नं. ४ ले भने पहिलो खेलमा वडा नं. २३ लाई पराजित गरेको थियो । वडा नं. १२ ले अब सेमिफाइल प्रवेशका लागि वडा नं. ७ संग खेल्नेछ । खेलमा वडा नं. १२ का नविन राय म्यान अफ दि म्याच घोषित भए ।
नविनलाई सामुदायिक बिकासशील क्लबका अध्यक्ष दिपक भट्टराई, भेट्रान क्लब सिमराका अध्यक्ष समिर आले र त्रिलोक शाह ठकुरीले ट्रफि प्रदान गरेका थिए ।जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]