default_image

8 years ago

June 10, 2018

ललित स्मृति यु–१८ फुटबल मंगलबारदेखि

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको तेस्रो संस्करण मंगलबार सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारबाट सुरु हुने जानकारी दिएको छ । एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएपछि एन्फाले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका १४ र मोफसलका ४ गरी १८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक मधुसुदन उपाध्ययले जानकारी गराए । एन्फाले यसअघि नै खेल तालिका सार्वजनिक गरेको थियो । प्रतियोगिताको उद्घाटन खेल न्युरोड टिम एनआरटी र मच्छिन्द्र क्लबबीच हुनेछ । सोही दिन डिफेन्डिङ च्याम्पियन आर्मी क्लब र सरस्वती युवा क्लबबीच खेल हुनेछ ।

रुस्लान थ्री स्टार क्लब र मनाङ–मस्र्याङ्दी क्लब ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको एक समूह ‘डी’ मा परेको छ । समूह ‘डी’ मा थ्री स्टार र मनाङसँगै फ्रेन्डस् क्लब, हिमालयन शेर्पा क्लब र सुदूरपश्चिम फुटबल क्लब रहेका छन् । थ्री स्टार र मनाङको खेल जेठ ३० गते दियसको १ः३० बजेपछि हुनेछ ।

सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । जेठ २९ गतेबाट शुरु हुने प्रतियोगिता असार २१ गतेसम्म चल्नेछ । प्रतियोगिताको सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ । यसअघिको दुवै संस्करणमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्न सफल भएको थियो ।

प्रतियोगिता एन्फाका कार्यवहाक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा हुन लागेको हो । थ्री स्टार क्लबका अध्यक्ष समेत रहेका श्रेष्ठधको २०७२ जेठ २९ गते नयाँ घरमा सर्ने क्रममा करेन्ट लागेर निधन भएको थियो । उनकै सम्झना स्वरुप एन्फाका त्यतिबेलाका कार्यवहाक अध्यक्ष नरेन्द श्रेष्ठ नेतृत्वको एन्फाले स्वर्गीय ललितको स्मृतिमा यु–१८ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपछि प्रतियोगिता तेस्रोपटक हुन लागेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । यस्तै व्यक्तिगत विधातर्फ स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिव ४० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा सहभागी टिमलाई तयारी स्वरुप १ लाख ५० हजार र उपत्यका बाहिरका टिमलाई थप ५० हजार प्रदान गरिने संयोजक उपाध्ययले जानकारी गराए ।

समूह विभाजन
समूह ‘ए’–त्रिभुवन आर्मी क्लब, सरस्वती क्लब, मछिन्द्र क्लब, एनआरटी र लुम्बिनी फुटबल क्लब
समूह ‘बी’– नेपाल पुलिस क्लब, जावलाखेल, मोरङ फुटबल क्लब र बिग्रेड ब्वाइज क्लब
समूह ‘सी’ – सिएमजी क्लब संकटा, नेपाल एपिएफ क्लब्, झापा–११ र च्यासल युथ क्लब
समुह ‘डी’ – थ्री स्टार, मनाङ, फ्रेन्डस् क्लब, हिमालयन शेर्पा र सुदूरपश्चिम फुटबल क्लब

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.