default_image

8 years ago

June 11, 2018

फिफा विश्वकप : ३ दिन बाँकी!

118 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ । सन् २०१० को विश्वकप विजेता स्पेनले यसपटक पनि उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ ।

स्पेनिस टोलीले सन् २०१० मा उपाधि जित्दा जेरार्ड पिके टोलीका नियमित सदस्यका रुपमा स्थापित भइसकेका थिए । ८ वर्ष बितिसक्दा पनि पिकेको भूमिका भने फेरिएको छैन । यसपटक पनि उनि विपक्षीको आक्रमण निस्तेज पार्न स्पेनको रक्षात्मक पंक्तिको मुख्य भागमा रहने छन् । क्लबबाट गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग अवधिभर एक खेल मात्र हारेको बार्सिलोनाको महत्त्वपूर्ण सदस्य पिकेले सोहि लयलाई कायम राख्ने सोच बनाएका छन् ।

स्पेनले पहिलो खेलमै चिर परिचित प्रतिद्वन्द्वी पोर्चुगलको सामना गर्नेछ । भौगोलिक हिसाबले छिमेकी राष्ट्र पोर्चुगलमा पनि अनुभवी डिफेन्सको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ । पूर्व रियल म्याड्रिड डिफेन्डर पेपे यसपटक पनि टोलीमा अटाएका छन् र पहिलो रोजाइमा पर्ने लगभग पक्का छ । उनलाई जोआओ क्यान्सेलो र राफेल गुरेरो जस्ता युवा खेलाडीले डिफेन्समा सहारा दिनेछन् ।

स्पेन र पोर्चुगल दुवै टोली यस विश्वकपमा उपाधि दावेदारको रुपमा हेरिएका टोली हुन् । विश्वकप उपाधि जित्ने लक्ष्य बोक्दा सुरुआती खेलको नतिजाले निकै महत्त्व राख्छ । त्यसैले दुवै टोली अधिकतम ३ अंक जोड्दै विश्वकप सुरुआत गर्ने सुरमा हुनेछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.