7 years ago
June 22, 2018
पिटर्सबर्ग (एजेन्सी) – पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपको पहिलो खेलमा आफ्नो स्वभाविक खेल पस्कन नसक्दा स्वीट्जरल्याण्डसँग १–१ बराबरीमा रोकिएको थियो । रसियामा जारी विश्वकपमा उपाधिको दाबेदार मानिएको ब्राजिल समूह ‘ईं’ मा आफ्नो दोस्रो खेलमा कोष्टा रिकामाथि निश्चित जितको लागि प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार सेन्ट पिटर्सबर्गमा साँझ ५ः४५ बजेपछि शुरु हुनेछ ।
पहिलो खेलमा ब्राजिलले अग्रता लिएर स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको थियो । ब्राजिल र कोष्टा रिकाको विगतको इतिहास हेर्दा ब्राजिल नै हावी देखिएको छ । अहिलेसम्म ६ पटक प्रतिस्पर्धा गर्दा सबै ६ खेलमा ब्राजिलले क्लिनसिट राखेको छ । पछिल्लोपटक यी दुई टोलीले सन् २०१५ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेको थियो । जसमा ब्राजिल १–० ले विजयी भएको थियो ।
विश्वकपको पछिल्ला दुवै भेटमा ब्राजिलले कोष्टा रिकालाई पराजित गरेको थियो । १९९० को विश्वकपमा ब्राजिल १–० ले विजयी हुदा २००२ को विश्वकपमा ब्राजिल ५–२ ले विजयी भएको थियो । ब्राजिल त्यही जितलाई निरन्तरता दिने योजनामा रहँदा कोष्टा रिका ब्राजिलसँगको हारको श्रृङ्खलालाई तोड्ने लक्ष्यमा रहनेछ । ब्राजिललाई समूहमा समूह विजेताको रुपमा हेरिएपनि पहिलो बराबरीले ब्राजिललाई नकआउट चरणमा प्रवेश गर्न दबाव सिर्जना भएको छ ।
त्यसैले ब्राजिल कोष्टा रिकाविरुद्ध निश्चित जितको प्रयास गर्ने सम्भावना छ। स्वीट्जरल्याण्डविरुद्धको खेलमा डिफेन्समा मार्सेलो र थियागो सिल्भाले राम्रो खेल्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । ब्राजिलले डिफेन्समा सुधार गर्दै पाएको मौकामा गोल गर्न सके ब्राजिलले सहजै कोष्टा रिकालाई पन्छाउने सम्भावना छ। ब्राजिललाई नकआउट चरणमा स्थान बनाउन कोष्टा रिकामाथिको खेलमा निश्चित जित आवश्यक छ ।
यो समूहमा सर्बियाले महत्वपूर्ण ३ अंक जोड्दा ब्राजिल एक अंकसहित दोस्रो स्थानमा छ । बराबरीले ब्राजिलको दोस्रो चरण कठिन बन्नेछ भने, हारले ब्राजिलको विश्वकप यात्रा समूह चरणमै सकिन सक्नेछ । ब्राजिलसँग नेयमारसँगै विश्वस्तरको फिलिपे कौटिन्हो र गाब्रियल जेसस रहेका छन् । मिडफिल्डमा क्यासमिरो, फर्नाडिन्हो र पौलिन्हो रहँदा डिफेन्समा डानिलो, मार्सेलो, थियागो सिल्भा, मिरान्डा र मार्किन्योस रहनेछ ।
टेटे प्रशिक्षक भएर आएपछि ब्राजिलले १६ मध्ये एक खेलमात्रै गुमाउदा ४ खेलमा बराबरीको नतिजा निकालेको थियो । यता, पहिलो खेलमा सर्वियासँग पराजित भएको कोष्टा रिका ब्राजिललाई स्तब्ध पार्ने योजनामा हुनेछ । कोष्टा रिकाले ब्राजिलविरुद्ध रक्षात्मक खेल्दै सकेसम्म तीन अंक बटुल्ने र हार्दै नहार्ने योजनामा खेल्नेछ ।
प्रशिक्षक ओस्कार रामिरेजले पाका र भेट्रान खेलाडीलाई समेट्दै रुस भ्रमणलाई निकै सन्तुलित टोली बनाएका छन् । । स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाईका गोलरक्षक केलर नाभास टिममा रहनु पनि टोलीको मनोवल बढेको छ । तर, टिमका मुख्य खेलाडी ब्रायन लुइज र जोइलक्याम्पवेलको चोट कोष्टारिकालाई समस्याको विषय हुन सक्छ । ठुला टिमलाई पराजित गर्न सक्ने क्षमता कोष्टा रिकामा रहेको छ ।
सम्भावित सुरुवाती ११ (ब्राजिल)– एलिसन, फाग्नर ९ड्यानिला० , थियागो सिल्भा ९कप्तान०, मिरान्डा, मार्सेलो, क्यासमिरो, पौलिन्हो, विलियन, फिलिपे कौटिन्हो, नेयमार र गाब्रियल जेसस
सम्भावित सुरुवाती ११ (कोष्टा रिका)– केलर नाभास, फ्रान्सिस्को कल्भो, ओस्कार, जोनी एकोष्टा, जियानकार्लो गोन्जालेज, क्रिष्टियन गाम्वोवा, सेल्सो बोर्गेस, डेभिड गुजमान, ब्रायन रुइज, जोहान भेनेगास र मार्को युरेना
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]