default_image

6 years ago

July 2, 2018

फ्रेन्डस् ललित स्मृतिको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको फ्रेन्डस् क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्डस्ले लुम्बिनी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । नियमित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा […]

18 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको फ्रेन्डस् क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्डस्ले लुम्बिनी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

नियमित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको हो । निर्धारित समयको खेलको १६ औं मिनेटमा दिपेश प्रसाईंले १६ औं मिनेटमा गोल गर्दै फ्रेन्डस्लाई अग्रता दिलाए ।

तर, ५३ औं मिनेटमा मोहन थापाले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि थव गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । अब फ्रेन्डस्ले फाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.