6 years ago
August 2, 2018
सेन्जेन (एजेन्सी) – विश्व फुटबलका महँगा ब्राजिलियन स्टार नेयमार जुनियर नयाँ सिजनको तयारीका लागि टोलीसँग चीन भ्रमणमा निस्केका भएका छन् । नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफीको लागि खेल्नेछ । जुन नयाँ प्रशिक्षक थोमस टचेलका लागि पहिलो आधिकारिक खेल हुनेछ ।
च्याम्पियन्स ट्रफीका लागि नेयमार पनि टिमसँगै हुने प्रशिक्षक टचेलले पुष्टि गरेका छन् । विश्वकपपछि उनी छुट्टीमाव्यस्त थिए । पिएसजीका लागि नेयमारको फ्रेब्रुवरीपछि पहिलो खेल हुनेछ । गत फ्रेब्रुवरीमा मार्सेलविरुद्धको खेलमा चोट लागेपछि नेयमार मैदान बाहिर रहँदै आएका थिए ।
तर, २६ वर्षीय नेयमार रसियमा जुनमा शुरु भएको विश्वकप अघि उनी मैदान फर्कन सफल भएका थिए । उनले विश्वकपमा २ गोल गरेका थिए । उनको टोली क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ ले पराजित हुन पुगेको थियो ।
समर ट्रान्सफरमा स्पेनिस क्लब रियल मड्रिडमा जाने हल्ला चलेपनि नेयमार पिएसजीको भ्रमणमा निस्केका छन् । ट्रान्सफर अवधि अझै बाँकी रहेकाले उनी पिएसजीमै रहने कि सरुवा हुने त्यो भने हेर्न बाँकी छ ।
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]
September 20, 2024
सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको छ । लिस्नुलाई जित […]
September 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]