default_image

6 years ago

August 7, 2018

ओब्लाकलाई ८९ मिलियन पाउन्ड तिर्न चेल्सी तयार

26 views

0 Bookmark

लन्डन (एजेन्सी) – एटलेटिको मड्रिडका गोलरक्षक जान ओब्लकका लागि ८९ मिलियन पाउन्ड तिर्न तयार रहेको बताइएको छ । यदि चेल्सीका थिबाउट कोउर्टोस प्रशिक्षणमा नफर्के चेल्सी ओब्लाकका लागि ८९ मिलियन पाउन्ड तिर्न तयार रहेको बताएका हुन् ।

चेल्सीले ८९ मिलियन खर्च गरे ओब्लाक विश्वका सबैभन्दा महंगा गोलरक्षक बन्नेछन् । यसअघि ब्राजिलियन गोलकिपर एलिसनलाई लिभरपुलले ६५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । जुन अहिले सम्मकै गोलकिपरका लागि खर्चेको सर्वाधिक रकम हो । २६ बर्षीय थिबाउट यतीखेर रियल मड्रिड जाने तयारी गरिरहेको खुलासा भएको छ । उनी सोमबारसम्म प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षणमा फर्केका छैनन् ।

रियलसँग नाम जोडिएका इडेन हाजार्ड भने सोमबारनै प्रशिक्षणमा फर्किएका छन् । रुस विश्वकपमा थिबाउटलाई सर्वश्रेष्ठ गोलकिपर घोषित गरिएको थियो । जहाँ बेल्जियमले तेस्रो स्थानको प्ले–अफमा इंग्लयान्डलाई पराजित गरेको थियो । थिबाउट रियल जान नसके अर्को मड्रिड क्लब एटलेटिको जान सक्ने बताईएको छ । उनले एटलेटिकोमा २०११ देखी २०१४ सम्म ला लिगामा खेलेका थिए । ला लिगाका लागि उनी लोनमा बेल्जियम क्लब गेन्कबाट आएका थिए ।

एटलेटिको मड्रिडमा ला लिगाका चार सिजनका १११ खेल खेलेका थिए । त्यसपछि उनी २०१४ मा चेल्सी आएका थिए । चेल्सीमा रहदै उनले १५४ खेल खेल्दा ५८ क्लिनसिट राखेका छन्  । नयाँ प्रशिक्षक माउरिजियो सारीले उनी क्लबमा रहने नरहने कुनै निश्चित नभएको बताए । ‘अहिले उनी चेल्सीका गोल किपर हुन । मलाई भविष्यको बारेमा थाहा छैन् । यो क्लब र उनीमा निर्भर हुन्छ । तर, मलाई विश्वास छ की उनी हाम्रो क्लबमै रहने छन्’ प्रशिक्षक सारीले भने । चेल्सी आइतबार कम्युनिटी सिल्डमा म्यान्चेस्टर सिटीसँग २–० ले पराजित भएको थियो ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.