default_image

6 years ago

August 8, 2018

‘चेल्सीलाई लय समात्न ३ महिना लाग्छ’ – प्रशिक्षक सार्री

लन्डन (एजेन्सी) – प्रिमियर लिगको सर्वाधिक सफल टोलीमध्येको चेल्सीका नयाँ प्रशिक्षक मौरिजियो सार्रीले चेल्सीलाई आफ्नो क्षमता अनुसारको खेल देखाउन ३ महिना लाग्न सक्ने बताएका छन् । विश्वकपमा सहभागी भएका केहि खेलाडीहरुसँग टोलीमा रहेर काम गर्न नसक्नुले यस्तो अवस्था सिर्जना हुन सक्ने उनको बुझाइ छ । ‘म उपलब्ध सबै खेलाडीहरुसँग बुधबार पहिलो पटक काम गर्न पाउँदा […]

29 views

0 Bookmark

लन्डन (एजेन्सी) – प्रिमियर लिगको सर्वाधिक सफल टोलीमध्येको चेल्सीका नयाँ प्रशिक्षक मौरिजियो सार्रीले चेल्सीलाई आफ्नो क्षमता अनुसारको खेल देखाउन ३ महिना लाग्न सक्ने बताएका छन् ।

विश्वकपमा सहभागी भएका केहि खेलाडीहरुसँग टोलीमा रहेर काम गर्न नसक्नुले यस्तो अवस्था सिर्जना हुन सक्ने उनको बुझाइ छ । ‘म उपलब्ध सबै खेलाडीहरुसँग बुधबार पहिलो पटक काम गर्न पाउँदा खुसी छु,’ सार्रीले भने, ‘क्षमताको आधारमा हामी २-३ महिनामा सफल टोलि बन्न सक्छौं । ‘ चेल्सीले शनिबार प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेल्दै छ। एन्टोनियो कोन्टेलाई प्रतिस्थापन गरेपछि सार्रीले भने, ‘मलाई लाग्छ यसपटक खेल धेरै छिटो आएको छ।’

सार्रीले प्रि सिजन इन्टरनेसनल च्याम्पियन्स कपको खेलबाट चेल्सीको यात्रा सुरु गरेका थिए ।उक्त खेलमा उनले टोलीका मुख्य खेलाडीलाई विश्राम दिएका थिए । यध्यपी सो खेलमा विश्वकप खेलेका ब्राजिलियन विलियन, इंग्ल्याण्डका रुबेन लोफ्टस चेक र नाइजेरियाका भिक्टर मोजेज सुरुवाती ११ मा परेका थिए । यस्तै बेल्जियमका एडेन हजार्ड, फ्रान्सका ओलिभर जिरुड र एन्गोलो कान्टे भने दोस्रो हाफमा मैदान छिरेका थिए । सो खेलमा हजार्डको पेनाल्टी गोल मार्फत नै चेल्सीले जित दर्ता समेत गरेको थियो । खेल अघिको २ दिनको अभ्यास भने गोलरक्षक थिबाउट कोर्टुवाले गुमाएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.